नेपाली कम्युनिष्ट पार्टी बाके क्षेत्र नं १ का उम्मेदवार नरेन्द्र पाण्डे जेम्सले अव्यवस्थीत बसोवासी , भुमिहीन र सुकुम्वासी समस्या समाधानका लागी आफुले प्राथमिकताका साथ काम गर्ने बताएका छन ।
कोहलपुर नगरपालिका वडा नं ११ मा आयोजित जनभेला लाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले यस्तो बताएका हुन । उनले १० बर्ष सम्म वासोवास गरेका भुमिहीन लाई सोहि स्थानमा व्यवस्थापन गर्ने राज्यको निती रहेको भन्दै उनले दलित समुदायका लागी लागी एक पटक अनिवार्य आवासको व्यवस्था गर्ने निती लाई कार्यन्यन गर्न आफु लागी पर्ने बताए ।
कार्यक्रम लाई समानुपातिक उम्मेदवार मञ्जु कोईराला , नेकपा नेताहरू महेश्वर जंग गहतराज अथक , अब्दुल हुसेन खाँ , पुजन बिश्वकर्मा , नारायणी वली लगायतले सम्बोधन गर्दै शुसासन र स्थिर सरकारका लागी नेकपाको चुनाव चिन्ह तारामा मतदान गर्न आपिल गरेका थिए ।













Leave a Reply