नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आफू लाई सबैको भरोसा गर्ने उम्मेदवारको रुपमा उभ्याएका छन । चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै जनताको घर– आँगनसम्म पुगिरहेका बिष्टले जनताको साथ र माझमा रहेर आफूलाई भरोसायोग्य उम्मेदवारका रुपमा उभ्याएका हुन । उनले टोल– टोल, गल्ली– गल्लीमा पुगेर सर्वसाधारणका समस्या सुन्ने मात्र होइन, समाधानका लागि स्पष्ट प्रतिबद्धता पनि व्यक्त गरेपछि मतदाता बिष्ट प्रति आकर्षित भएका छन्।
सबै जात जाती सबै भाषा भाषी सबै उमेर समुह माझ चुनावी प्रतिबद्धता सहित पुगेका बिष्ट लाई मतदाताले समुन्नत बाँके २ निर्माण गर्ने उम्मेदवारका रुपमा हेरेका छन । अहिलेको समय सुहाउँदो स्मार्ट भिजन भएका बिष्टले मात्रै नेपालगन्ज र बाँके २ को नेतृत्व गर्न सक्ने मतदाताको बुझाई रहेको छ ।
युवा, मजदुर, साना व्यापारीदेखि ज्येष्ठ नागरिक सम्म सँगको भेटघाटमा बिष्टले सबैको कुरा ध्यानपूर्वक सुन्दै आफू जनताको प्रतिनिधि भएर संसद्मा पुग्ने मार्ग फराकिलो बनाई रहेको विश्लेषकहरूको भनाई छ । सरल व्यवहार, सुन्ने क्षमता र कामप्रति देखिएको प्रतिबद्धताले मतदाताको ध्यान तानिरहेको छ । दिपेन्द्र बिष्टको उपस्थितिले चुनावी माहोल मात्र होइन, परिवर्तनप्रतिको आशा पनि जगाएको नेपालगञ्जका अगुवा व्यवसायीहरूको भनाई छ । बिष्टले सबैलाई तारा चुनाव चिन्हमा मतदान गरी भारी मतले बिजयी गराई दिन अपिल समेत गरेका छन ।













Leave a Reply