नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे जेम्सले मतदाता भेटघाट अभियान सुरु गरेका छन । मतदाता भेटघाट लाई तीव्र बनाउँदै जनताको घर– आँगनसम्म पुगिरहेका पाण्डेले जनता सँग आफू सुशासन र परिवर्तनका लागी राजमतीमा होमिएको भन्दै सहयोगको अपिल गरि रहेका छन । पहिलो पटक जनप्रतिनिधिका रुपमा प्रतिनिधि समा सदस्य पदमा उम्मेदवार बनेका पाण्डेले सर्वसाधारणको समस्या सुन्दै त्यसको समाधानका लागी आफू लागि पर्ने बताए । जनताले नयाँ अनुहार खोजेको अनुभुति गरेको बताए ।
राप्ती सोनारी ४ का ईश्वरी केसीले राप्ती सोनारी लाई भोट बैकका रुपमा नबुझ्न आग्रह गर्दै चिप्लो कुरा गर्ने , भावनाको व्यापार गर्ने र अवसरका लागी दल बदलु लाई मतदान नगर्ने बताए ।
भौगोलिक रुपमा अति बिकट राप्ती सोनारी , नरैनापुर र कोहलपुर मिलेर बनेको बाँके १ मा यस अघिका जनप्रति प्रति जनताको भरोसा नरहेको उनले भनाई छ । कतिपय उम्मेदवारले आफू लाई ठेकेदार जस्तो गरे पनि वास्तविक जनताले दल वदलु र लाभका पदमा बसेका भन्दा नयाँ अनुहार रोज्ने प्रतिक्रिया रहेको केसीको भनाई छ।
नेकपा उम्मेदवार पाण्डेले आफू राप्ती नदिको कटान तथा डुबान नियन्त्रण , मानव बन्यजन्तु द्धन्दको न्यूनिकरण , गुणस्तरीय शिक्षा , स्वास्थ्य र रोजगारको सृजनामा लाग्ने प्रतिबद्धता सहित जनतामा गएको बताए । पाण्डेले बाँके १ का जनता शब्दजाल र भावना भन्दा माथि उठेर इमानदार नेतृत्व चयन गर्ने बताएको प्रतिक्रिया दिएका छन ।
बाँके १ का मतदाताको रोजाईमा युवा र नयाँ अनुहार













Leave a Reply