नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि.एम. चुनावी नाराभन्दा कर्ममा आधारित राजनीतिक पहिचान लिएर मैदानमा उत्रिएका छन्। कोभिड– १९ को चरम सङ्कटका बेला देश बन्दा बन्दीमा थियो, राज्य संयन्त्र कमजोर देखिएको थियो र आम नागरिक भय र अनिश्चिततामा थिए। त्यही कठिन समयमा जि.एम. ले आफ्नो ज्यानको समेत प्रवाह नगरी कोरोना सङ्क्रमणबाट मृत्यु भएका सयौँ व्यक्तिहरूको लास व्यवस्थापन तथा अन्त्येष्टि कार्यमा प्रत्यक्ष रूपमा खटिएर मानवीय र साहसिक उदाहरण प्रस्तुत गरेका थिए। सबै घरभित्र सीमित भएको अवस्थामा पनि उनी पीडित परिवारको आँसु पुछ्न अग्रमोर्चामा उभिए।

महामारीको त्यो कालखण्डले दीपक जि.एम. लाई केवल राजनीतिक कार्यकर्ता होइन, सङ्कटमा जनताको साथ दिने भरोसायोग्य नेता रूपमा स्थापित गराएको स्थानीयवासीहरूको भनाइ छ। बैजनाथ गाउँपालिका –५ जि गाउँ निवासी दीपक जि.एम. मध्यम वर्गीय परिवारमा जन्मिएर हुर्किएका सरल, इमानदार र जनताप्रति उत्तरदायी युवा नेता हुन्। उनी कहिल्यै कुनै विवादमा नपरेको, भड्किलो भाषण र खोक्रा आश्वासन भन्दा पनि निरन्तर जनसेवामा विश्वास गर्ने व्यक्तित्वका रूपमा परिचित छन्। आगामी प्रतिनिधि सभा निर्वाचनमा बाँके– ३ बाट उनी चुनावी प्रतिस्पर्धामा छन्।
कतिपयले चुनावका बेला नाटक गरि रहेका बेला जि.एम. भने आफूले विगतमा त्यस क्षेत्रका जनता सँग दुखमा गरेको साथ सम्झेर चुनावी मैदानमा छन । तर जनताको दुःख– सुखमा प्रत्यक्ष सहभागी हुँदै आएको जीवन यात्राले जि.एम. लाई अन्य उम्मेदवारभन्दा फरक र प्रभावशाली बनाएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ। लामो राजनीतिक यात्रापछि पहिलो पटक जनताबाट प्रत्यक्ष अनुमोदन पाउने यो अवसर जि.एम. का लागि अवसरसँगै ठूलो चुनौती पनि हो। नयाँ युगको मागअनुसार विकास, सुशासन, रोजगारी र सामाजिक न्याय उनका मुख्य एजेन्डा रहेका छन्।
जेन– जी आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमनविरुद्ध खुलेर सडक र सार्वजनिक मञ्चबाट आवाज उठाएका जि.एम। परिवर्तनको पक्षमा उभिने साहसी नेताको रूपमा चिनिन्छन्। जनसेवाबाट राजनीतिको यात्रा सुरु गरेका दीपक जि.एम. ले यसपटक बाँके– ३ मा जनमत आफ्नो पक्षमा पार्ने चर्चा छ । जनता समर्थनले बाँके ३ ले यस पटक भुइँ मन्छे सांसदका रुपमा पाउने छ । जि.एम. जाजरकोटा र रुकुममा भुकम्पका समयमा उद्धार राहात र घर निर्माणमा खटिएर सयौ घरहरु निर्माण गरेका थिए ।













Leave a Reply