Advertisement

बाँके– ३ मा टुरिस्ट उम्मेदवार लाई दीपक जि.एम. भारी 

बाँके क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि. एम. चर्चा चुलिएको छ । कतिपय दलले स्थानीय उम्मेदवार नपाएर टुरिस्ट उम्मेदवार अगाडि सारेपछि जि. एम.को चर्चा चुलिएको हो ।

सोही क्षेत्रमा हुर्के र राजनीति र समाज सेवामा सक्रिय तथा गाउँ –गाउँ र टोल –टोल चिनेका जि. एम.को उम्मेदवारीले जनतामा आशा पलाउनुका साथै चुनावी माहोल दीपक जि. एम. हाबी भएका छन । बैजनाथ गाउँपालिका –५ निवासी दीपक जि. एम. स्थानीय परिवेशमै हुर्किएका, समाजका समस्या नजिकबाट बुझेका युवा राजनीतिज्ञ हुन् । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा युवा सङ्घ नेपालको केन्द्रीय महासचिव हुँदै राष्ट्रिय राजनीतिसम्म फैलिएको छ । यही अनुभवका साथ उनी अहिले बाँके –३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

कोभिड महामारी देखी भुकम्प लगायतका बिपतका समयमा जनताको साथ र माझमा रहेर काम गर्ने युवा हुन । 

युवाको नेतृत्व गर्ने स्थानीय उम्मेदवारका रूपमा परिचित जि. एम. आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके –३ मा जित सुनिश्चित रहेको स्थानीय भनाई छ । जि. एम. लाई अन्य दलले टुरिस्ट उम्मेदवार सारेको तथा जनजाति समुदायका शिक्षित युवा नेतृत्वका बाँके ३ बासीले हेरेका छन ।

चुनावी प्रचारका क्रममा घरदैलो अभियानलाई प्राथमिकता दिएका जि. एम.ले स्थानीय समस्या प्रत्यक्ष सुन्ने, प्राथमिकता निर्धारण गर्ने र समाधानका लागि संसद्‌मा बलियो आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । प्रचारप्रसार संयोजक सुशील लामिछानेका अनुसार, “जनताको पक्षमा नडगमगाउने नेतृत्व दिने हाम्रो साझा अभियान हो ।” स्थानीय जनताको दुःख –सुखमा सँगै उभिने, युवाको आवाज संसद् सम्म पु¥याउने र बाँके क्षेत्र नम्बर ३ को समग्र विकासका लागि सङ्घर्ष गर्ने अठोटका साथ दीपक जि. एम. जिततर्फ अघि बढिरहेको स्थानीयहरूको धारणा छ ।

बाँके ३ मा नेपाली काँग्रेसले रोल्पाका अम्मर सिह पुन , रास्वपाले दैलेखका खगेन्द्र सुनार लाई उम्मेदवार बनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *