Advertisement

जुझारु युवा नरेन्द्र पाण्डेको उम्मेदवारीले बाँके १ मा नयाँ आशा 

नेपाली कम्युनिस्ट पार्टीले बाँके क्षेत्र नं १ मा हाल सम्म कुनै लाभको पदमा नरहेका युवा नरेन्द्र पाण्डेको उम्मेदवारीले यस क्षेत्रका युवाहरू माझ नयाँ आशाको सञ्चार भएको छ । निर्वाचनको अभियान अन्तरगत जन भेटघाट तथा सुझाव सङ्कलनका क्रममा पाण्डेले उम्मेदवारी दिए सँग आफूहरू निकै उत्साही रहेको युवाहरूले बताएको पाण्डेले जानकारी दिए । 

पाण्डे लाई जिताउनका लागी नेपाली कम्युनिष्ट पार्टी बाहिरका युवाहरू समेत सक्रियरुपमा लागेका छन । इमान्दारिताका साथ राजनीतिमा सक्रिय युवा लाई नेपाली कम्युनिष्ट पार्टीले अगाडि बढाए पछि बाँके १ मा उनको पक्षमा माहोल बन्दै गएको चर्चा भएको छ । घरदैलोमा मतदाताले समस्याहरू सुनाउने र विजयका लागी अग्रिम शुभकामना दिने गरेको पाण्डेको भनाई छ । आफू भोट माग्न होइन, जनताका गुनासोहरू सुन्नका लागी जनता माझ आएको बताउने पाण्डेको सरल स्वभावले युवाहरूलाई आकर्षित गरेको छ । 

हाल सम्म लाभको पदमा नपुगेको सङ्घर्षशील युवा , विकास , सुशासन र स्थिरताको प्रतिबद्धता सहित तारा चिन्हमा मतदान गरिदिन अपिल गर्ने गरेको पाण्डेले बताए । राप्तीको कटान तथा डुबान समस्या समाधान , मानव बन्यजन्तु द्धन्द अन्य , कृषि पर्यटनको विकास , युवाहरू लाई शिप विकास सहित रोजगार र स्वरोजगार आफ्नो मुख्य एजेन्डा रहेको पाण्डेले बताए ।

 उनले हाल सम्म अगुवा कार्यकर्ता प्रशिक्षण , वडा स्तरमा प्रचार कार्यालय स्थापना गरी जन भेटघाट , गुनासो सङ्कलन र घरदैलो अभियान लाई एक साथ अगाडि बढाई रहेको बताए । उनले निष्ठाको राजनीति गरेको , लाभको पदमा नरहेको जुझारु उम्मेदवारका हिसाबले आफूले जनताको माया पाएको र चुनावमा बिजयी हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *