Advertisement

दीपक जि.एम जिताउन जनता र कार्यकर्ता एक मत

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका पक्षमा जनमत बलियो बन्दै गएको छ । नेकपाले समाजमा भिजेका , स्थानीय र समाजिक व्यक्तित्वका रुपमा दीपक जि.एम. लाई उम्मेदवारको रुपमा अगाडि सारेपछि जनमत बलियो बन्दै गएको स्थानीय भनाई छ । खजुरा गाउँपालिका वडा नं ५ कि राम कुमार नाउले नेकपाले सामाजिक व्यक्तित्व दीपक जि.एम. लाई अगाडि सारेकाले आफूहरूले तारा चिन्हमा मतदान गर्ने बताए । 

मधेसी मुस्लिम र अल्पसङ्ख्यकको अधिकारका लागी लडेको पार्टी नेपाली कम्युनिष्ट पार्टीले स्थानीय उम्मेदवार दिएपछि आफूहरू उत्साही भएको बताए । खजुर ३ कि सविता बिकले दलित अधिकारका लागी लडेको पार्टी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक जि. एम. यस क्षेत्रका लागी आवश्यक उम्मेदवार भएकाले उनका पक्षमा मतदान गर्ने बताइन । 

दीपक जि. एम. जिताउन कार्यकर्ता एक मत

 बाँके क्षेत्र नं ३ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार लाई बनेका दीपक जि. एम. लाई जिताउन नेता कार्यकर्ता एक मत भएका छन । शनिवार भएको भेलामा पार्टीले योग्य उम्मेदवार अगाडि सारेकाले एक भएर जिताउन लागी पर्ने बताएका छन । 

उनीहरूले यस क्षेत्रको विकास साथै अधिकारका लागी लडेको पार्टी भएकाले अहिले एक मत भएर लाग्ने प्रतिबद्धता सामूहिक रुपमा गरिएको हो । कार्यक्रममा बोल्दै नेकपाका नेता महेश्वर जग गहतराज अथक ले जुझारु उम्मेदवार दीपक जि. एम. जिताउन लागी पर्ने आग्रह गरे । उनले नेपाली कम्युनिष्ट पार्टीले मात्रै देशको नेतृत्व गर्नसक्ने भएकाले तारा चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा नेकपाका नेता अब्दुल हुसेन खाँ , आई पि खरेल , डम्बर बिक तुफान , भद्र प्रसाद देवकोटा निर्वाचन परिचालन समिति संयोजक राजकुमार बिक लगायत सयौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो । निर्वाचन परिचालन समितिको संयोजक राज कुमार बिकले आफूहरूको जित सुनिश्चित रहेकाले सक्रिय भएर लाग्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *