बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डेको पक्षमा जनसमर्थन दिनानुदिन बढ्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा मतदाता माझ पाण्डेको लोकप्रियता व्यापक बन्दै गएको देखिन्छ।
यसैक्रममा आइतबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा उल्लेखनीय राजनीतिक परिवर्तन देखिएको छ। नेपाली कांग्रेसका वडा सचिव चित्र भण्डारीसहित दर्जनौँ नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवप्रवेशी नेता–कार्यकर्ताहरूले नरेन्द्र पाण्डेको राजनीतिक दृष्टिकोण, विकासप्रति प्रतिबद्धता र जनमुखी एजेन्डाबाट प्रभावित भएर नेकपामा आवद्ध भएको बताएका छन्। उनीहरूले बाँके क्षेत्र नं. १ को समग्र विकास, सुशासन र सामाजिक न्यायका लागि पाण्डे नै उपयुक्त उम्मेदवार भएको धारणा व्यक्त गरे।
कार्यक्रममा नेकपाका स्थानीय तथा क्षेत्रीय नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टीको नीति, सिद्धान्त र आगामी कार्यदिशाबारे जानकारी गराएका थिए। उनीहरूले पछिल्लो समय विभिन्न पार्टीबाट नेकपातर्फ आकर्षण बढ्नु जनताको परिवर्तनको चाहना र वर्तमान राजनीतिक अवस्थाप्रतिको असन्तुष्टिको संकेत भएको बताए।
स्थानीयवासीहरूका अनुसार पछिल्लो समय घरदैलो अभियान, जनसंवाद र प्रत्यक्ष भेटघाटमार्फत नरेन्द्र पाण्डेले जनताको विश्वास जित्दै आउनु भएको छ । यही कारण बाँके क्षेत्र नं. १ मा उनको पक्षमा जनलहर उर्लँदो क्रममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
आगामी निर्वाचनमा बाँके क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धा देखिए पनि बढ्दो समर्थन र पार्टी प्रवेशले नरेन्द्र पाण्डेको अभियानलाई थप बल पुगेको स्थानीय नेताहरूको विश्वास छ।













Leave a Reply