बाँके क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि. एम. लाई मतदान गर्ने बाँके खजुरा गाउँपालिका वडा नं ६ गिजरा बस्तीका स्थानीयले प्रतिबद्धता जनाएका छन ।
आइतबार खजुरा ६ मा वडा प्रचार कार्यालय स्थापनाका अवसरमा भेला भएका स्थानीयले गिजरा बस्ती लगायत भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका पक्षमा काम गर्ने पार्टी तत्कालीन माओवादी र हालको नेपाली कम्युनिष्ट पार्टी भएकाले दीपक जि.एम. लाई तारा चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएका हुन ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य आई पि खरेलले आफ्नो पार्टी भूमिहीन र सुकुम्बासीका पक्षमा काम गर्ने बताए । उनले कसैको भ्रममा नपरी दीपक जि.एम. लाई तार चिन्हमा मतदान गर्न आग्रह गरे । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि समा सदस्य दीपक जि. एम.ले आफूले भूमिहीनका लागी काम गर्ने बताए ।
उनले आफू विगत देखी भुइँ मानिसहरूको पक्षमा काम गर्दै आएको र स्थानीय व्यक्ति समेत भएकाले तारा चिन्हमा मतदान गर्न आग्रह गरे । उनले स्थानीयको सहभागिता र प्रतिबद्धताले आफू जित हुनेमा विश्वस्त रहेको बताए । उनले आफू स्थानीय व्यक्ति भएकाले बाँके क्षेत्र नं ३ का समग्र समस्याहरू बुझेकाले प्रतिनिधि समा सदस्यमा निर्वाचित भएपछि यस क्षेत्रको विकास र जनमैत्री निती निर्माणका लागी लागी पर्ने बताए ।













Leave a Reply