प्रतिनिधि सभा सदस्य निर्वाचन बाँके क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे जेम्सका पक्षमा जन लहर देखिएको छ ।
हाल सम्म कुनै लाभको पदमा नरहेका युवा नरेन्द्र पाण्डेको उम्मेदवारी र यस क्षेत्रको बिकट राप्ती सोनारी र नरैनापुर क्षेत्रमा तत्कालीन नेकपा माओवादी केन्द्रले लिएको विकासको पहलकदमीले नेकपाका उम्मेदवारको पक्षमा जन लहर देखिएको हो । उम्मेदवार पाण्डे सहितको टोलीले सोमवार राप्ती सोनारीको वडा नं ३, ४र ५ मा घरदैलो गरेको हो ।
तत्कालीन माओवादी केन्द्र बाट प्रतिनिधि समा सदस्य बनेका महेश्वर जंग गहतराज अथकको पहलमा पोल गाडेको २३ वर्ष पछि बिजुलीको पोलमा तार टाँगिएको थियो भने बिकट नरैनापुर र राप्ती सोनारी सडक सञ्जालमा जोडिएको थियो । पछिल्लो एक कार्यकाल तत्कालीन माओवादी हालको नेकपाका प्रतिनिधि चुनावमा पराजित भए संग विकास क्रम रोकिएको राप्ती सोनारी र नरैनापुरका स्थानिय को भनाई छ ।
यस पटक कुनै गल्ती नगरी नेकपा उम्मेदवार नरेन्द्र पाण्डे जेम्सलाई नै बिजयी गराउने उनीहरूले प्रतिक्रिया दिए । आधुनिक कोहलपुरको भिजन भएका , राप्ती सोनारी नरैनापुरको विकास र समृद्धिको मोडल तयार पारेका , सबै जात जाती भाषा भाषीले आत्मियता देखाएका पाण्डे बलिया उम्मेदवारका रुपमा अगाडि आएका छन ।
निर्वाचनको अभियान अन्तरगत जन भेटघाट तथा सुझाव सङ्कलनका क्रममा पाण्डेले सुशासन पक्षमा नेपाली कम्युनिष्ट पार्टीका प्रतिबद्धता , जेन जि आन्दोलनको भावना अनुसार अगाडि बढेको नेकपा नेतृत्व प्रति ठुलो आश रहेको पाएको बताए । यसले आफू बिजयी हुनेमा आशावादी छन ।
इमान्दारिताका साथ राजनीतिमा सक्रिय युवा नरेन्द्र पाण्डे लाई बिजयी गराएर विगतमा रोकिएको विकासको कडी जोड्न आफूहरू उत्साही भएर चुनाब प्रचारमा लागेको राप्ती सोनारी र नरैनापुरका स्थानीयको भनाई छ । राप्तीको कटान तथा डुबान समस्या समाधान , मानव बन्यजन्तु बीच द्धन्दको अन्य , कृषि पर्यटनको विकास , युवाहरू लाई शिप विकास सहित रोजगार र स्वरोजगार बनाउने आफ्ना मुख्य एजेन्डा रहेको पाण्डेले बताए ।
पछिल्लो समय नेपाली काँग्रेस र एमालेका बिभिन्न तहका स्थानीय नेता नेकपा प्रवेश गर्नेको लहर रहेको र ति दलहरू प्रति जन तीब्र आक्रोश रहेकाले आफ्नो जित सुनिश्चित रहेको पाण्डेको प्रतिक्रिया छ ।













Leave a Reply