Advertisement

बाँके ३ मा नेकपा उम्मेदवार दिपक जिएमको प्रचार तीब्र 

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक जि.एम.ले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै बैजनाथ गाउँपालिका–१ चिसापानीमा प्रचारप्रसार सम्पर्क सचिवालय स्थापना गर्नुभएको छ।

सम्पर्क सचिवालयको उद्घाटन प्रत्यक्षतर्फका उम्मेदवार दिपक जि.एम. र समानुपातिकतर्फकी उम्मेदवार मञ्जु कोइरालाले संयुक्त रूपमा गर्नुभएको हो। उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू, स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य नारायणी ओली, प्रदेश कमिटी सदस्य मनकुमारी चन्द, नेता कुबेर रिजाल, नेकपा बैजनाथ संयोजक जयबहादुर बी.के., सह–संयोजक सुन्दरमान विश्वकर्मा लगायतको सहभागिता रहेको नेता मिरा कार्कीले जानकारी दिए । सचिवालय उद्घाटनपछि सोमबार नै उम्मेदवार दिपक जि।एम।को नेतृत्वमा बैजनाथ–१ अन्तर्गत मिनी गाभर, गाभर र चिसापानी बजार क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ। घरदैलोका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय जनताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो सहभागिताले बाँके–३ मा नेपाली कम्युनिस्ट पार्टीको चुनावी अभियान थप मजबुत बन्दै गएको संकेत देखिएको पार्टी नेताहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *