Advertisement

बाँके १ तारामय बन्दै ,नरैनापुर जेम्सको पक्षमा

बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नरैनापुर गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) को पक्षमा चुनावी माहोल क्रमशः बलियो बन्दै गएको छ। स्थानीय स्तरमा समर्थकहरू खुला रूपमा प्रचार–प्रसारमा जुटेका छन् भने घरदैलो कार्यक्रमले जनसम्पर्कलाई थप सशक्त बनाएको छ।


स्थानीयवासीहरूले प्रचण्ड नेतृत्वको सरकारले नरैनापुरको विकासमा उल्लेखनीय पहल गरेको भन्दै सडक विस्तार, विद्युत् आपूर्ति सुधार तथा आधारभूत सेवामा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन्। विकास निर्माणका कामले गाउँको स्वरूप फेरिँदै गएको उनीहरूको भनाइ छ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यद्वय नरेन्द्र न्यौपाने र पुजन विश्वकर्माको नेतृत्वमा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो।

कार्यक्रममा सहभागी स्थानीयहरूले तारा चुनाव चिन्हका उम्मेदवार जेम्सलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
नरैनापुरका विभिन्न टोल–बस्तीमा चुनावी भेटघाट तीव्र बन्दै जाँदा मतदातामा उत्साह समेत बढ्दो देखिएको छ। समर्थकहरूका अनुसार आगामी निर्वाचनमा तारा चिन्हप्रति आकर्षण उल्लेख्य रहने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *