प्रतिनिधि सभा सदस्य निर्वाचन बाँके क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे जेम्स लाई मतदान गरेर बिजयी गराउने प्रतिबद्धता स्थानीयले गरेका छन । नयाँ र निष्कलङ्क अनुहारका रुपमा आफूहरूले पाण्डे लाईनै मतदान गर्ने प्रतिबद्धता स्थानीयले गरेका हुन ।
निर्वाचनका लागी घरदैलोका क्रममा रहेका पाण्डे हाल सम्म हाल सम्म कुनै लाभको पदमा नरहेको र सुशासन र पारदर्शिता प्रति उनको प्रतिबद्धता सबै खाले मतदान उनीप्रति आकर्षित भएका हुन । युवा उम्मेदवार नरेन्द्र पाण्डेको उम्मेदवारी र यस क्षेत्रको बिकट राप्ती सोनारी र नरैनापुर क्षेत्रमा तत्कालीन नेकपा माओवादी केन्द्रले लिएको विकासको पहलकदमीले नेकपाका उम्मेदवारको पक्षमा व्यापक जन लहर देखिएको हो । उम्मेदवार पाण्डे सहितको टोलीले बुधवार कोहलपुर नगरपालिका वडा नं ११ ,३ र ९ नं वडामा वृहत घरदैलो गरेको हो ।
आधुनिक कोहलपुरको भिजन भएका , राप्ती सोनारी नरैनापुरको विकास र समृद्धिको मोडल तयार पारेका , सबै जात जाती भाषा भाषीले उत्तिकै आत्मियता देखाएका पाण्डे बलियो उम्मेदवार रहेकाले जित निकाल्ने चर्चा छ ।
इमान्दारिताका साथ राजनीतिमा सक्रिय युवा नरेन्द्र पाण्डेले राप्तीको कटान तथा डुबान समस्या समाधान , मानव बन्यजन्तु बीच द्धन्दको अन्य , कृषि पर्यटनको विकास , युवाहरू लाई शिप विकास सहित रोजगार र स्वरोजगार बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताए । पछिल्लो समय नेपाली काँग्रेस र एमालेका बिभिन्न तहका स्थानीय नेता नेकपा प्रवेश गर्नेको लहर रहेको र ति दलहरू प्रति जन तीब्र आक्रोश रहेकाले आफ्नो जित सुनिश्चित रहेको पाण्डेको प्रतिक्रिया छ ।













Leave a Reply