Advertisement

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जि. एम. का पक्षमा जनलहर 

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जि. एम.को पक्षमा जनलहर सृजना भएको छ ।

लामो समय सोही क्षेत्रमा रणनिति र समाज सेवामा सक्रिय युवा भएको स्थानीय उम्मेदवार र निष्कलङ्क छवि भएका कारण उनको पक्षमा जनलहर सृजना भएको हो । घरदैलोका लागी टोल टोलमा पुगेका दीपक लाई आफूहरूले सोही निर्वाचन क्षेत्रमा सक्रिय युवा अनुहारका हिसाबले मतदान गर्ने प्रतिबद्धता जनाए सँगै उनको पक्षमा जन लहर सृजना भएको देखिएको छ ।

बाँके क्षेत्र नं ३ लाई बिकार गर्ने प्रष्ट भिजन भएका दीपक स्थानीय उम्मेदवारका रुपमा सबैले आशा पूर्वक हेरेका छन । अन्य दलले बाहिरी क्षेत्र बाट उम्मेदवार ल्याइएकाले आन्तरिक रुपमा व्यापक असन्तुष्टि देखिएको छ । मतदाता माझ आफ्ना प्रस्ट प्रतिबद्धता लिएर आगाडि बढेका दिपकले आफू बिजयी भएमा उक्त प्रतिबद्धता कार्यन्वयन गर्ने बताएका छन ।

उनले सिंहदरवार जलाउन उकास्ने र स्कुले बालक मार्ने पार्टी लाई कदापि भोट नदिन अपिल समेत गर्दै आएका छन । देश जोगाउने पार्टी नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारामा मतदान गर्न उनले बाँके ३ बासी लाई अपिल समेतगर्दै आएका छन ।

नेकपा उम्मेदवार जि. एम.ले आज बुधवार बैजनाथ गाउँपालिका वडा नं ६ र खजुरा गाउँपालिका वडा नं २ मा घरदैलो तथा जन भेटघाट गरेका छन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *