प्रतिनिधि सभा सदस्य निर्वाचन बाँके क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे जेम्सका पक्षमा कोहलपुर १ वासीले देउडा खेल मार्फत मत मागेका छन । उम्मेदवार पाण्डे सहितको टोलीले देउडा खेल मार्फत मत मागेको थियो । स्थानीय समेत देउडा खेलमा सहभागी हदै नरेन्द्र पाण्डे जेम्स लाई तारा चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन ।
उनीहरूले यस क्षेत्रको विकासका लागी हाल सम्म कुनै लाभको पदमा नरहेका युवा नरेन्द्र पाण्डे लाई बिजयी गराउने प्रतिबद्धता जनाए । क्षेत्रको कोहलपुर देखी बिकट राप्ती सोनारी र नरैनापुर सम्म विकासका लागी पाण्डे उपयुक्त पात्र भएको भनाई छ । कोहलपुर १ का स्थानहरूको उत्साहपूर्ण सहभागिता सँगै बाँके १ मा नरेन्द्र पाण्डे जेम्सको पक्षमा जनउभार देखिएको कोहलपुर १ का विर सिह दमाईले बताए ।
उनले दलित महिला मधेसी सबैको अधिकारको लागी लड्ने नेपाली कम्युनिष्ट पाटी लाई मतदान गर्ने बताए । विगतमा बिभिन्न प्रलोभनमा परि अन्य पार्टीलाई मतदान गर्दै आएकोमा यस पटक प्रलोभनमा नपरी तारा चिन्हमा मतदान गर्ने उनको भनाई छ । यस पटक कुनै गल्ती नगरी नेकपा उम्मेदवार नरेन्द्र पाण्डे जेम्सलाई नै बिजयी गराउने उनीहरूले प्रतिक्रिया दिए । आधुनिक कोहलपुरको भिजन भएका , राप्ती सोनारी नरैनापुरको विकास र समृद्धिको मोडल तयार पारेका , सबै जात जाती भाषा भाषीले यत्तिकैमा आत्मियता देखाएका पाण्डे बलिया उम्मेदवारका रुपमा अगाडि आएका छन ।













Leave a Reply