प्रतिनिधि सभा सदस्य निर्वाचन बाँके ३ जानकी गाउँपालिकाका स्थानीयले टुरिस्ट उम्मेदवार लाई मतदान नगर्ने बताएका छन । उनीहरूले बाँके ३ को मत लिएर विजय हुने तर विकास गर्ने बेला अन्य ठाउँको गर्ने उम्मेदवार लाई मत नदिने बताएका हुन । उनीहरूले बाँके ३ मै स्थायी जन्मे हुर्केको र राजनैतिक चरित्र भएको दीपक जि.एम लाई तारा चिन्हमा मतदान गर्ने प्रतिबद्धता समेत जनाए ।
उनीहरूले जानकीका मतदाता लाई भोट बैकको रुपमा हेरिएकोले यस पटक विवेक पूर्ण मतदान गरेर कसैको भोट बैक होइन भन्ने उदाहरण दिने पक्षमा आफूहरू समेत बताए । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जि. एम. जानकी ३ इन्द्रपुरमा घरदैलोका क्रममा पुग्दा स्थानीयले आत्मियता सहित स्वागत गरेका थिए ।
लामो समय सोही क्षेत्रमा राजनीति र समाज सेवामा सक्रिय युवा भएको स्थानीय उम्मेदवार र निष्कलङ्क छवि भएका कारण उनको पक्षमा बाँके ३ मा जनलहर सृजना भएको हो । घरदैलोका लागी टोल टोलमा पुगेका दीपक लाई आफूहरूले सोही निर्वाचन क्षेत्रमा सक्रिय युवा अनुहारका हिसाबले मतदान गर्ने प्रतिबद्धता जनाए सँगै उनको पक्षमा जन लहर सृजना भएको देखिएको छ ।
बाँके क्षेत्र नं ३ लाई बिकार गर्ने प्रष्ट भिजन भएका दीपक स्थानीय उम्मेदवारका रुपमा सबैले आशा पूर्वक हेरेका छन । अन्य दलले बाहिरी क्षेत्र बाट उम्मेदवार ल्याइएकाले आन्तरिक रुपमा व्यापक असन्तुष्टि देखिएको छ । मतदाता माझ आफ्ना प्रस्ट प्रतिबद्धता लिएर आगाडि बढेका दिपकले आफू बिजयी भएमा उक्त प्रतिबद्धता कार्यन्वयन गर्ने बताएका छन ।
उनले सिंहदरवार जलाउन उकास्ने र स्कुले बालक मार्ने पार्टी लाई कदापि भोट नदिन अपिल समेत गर्दै आएका छन । देश जोगाउने पार्टी नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारामा मतदान गर्न उनले बाँके ३ बासी लाई अपिल समेत गर्दै आएका छन ।
नेकपा उम्मेदवार जि. एम.ले आज बिहीवार जानकी गाउँपालिका वडा नं २ र ३ मा घरदैलो तथा जन भेटघाट गरेका छन ।













Leave a Reply