Advertisement

बाँके ३ मा दीपक जि.एम. जिताउन मुस्लिम मधेसी समुदाय एकमत 

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारका दीपक जि.एम.को पक्षमा मुस्लिम र मधेसी मतमत बलियो बन्दै गएको छ ।

खजुरा गाउपालिका वडा नं ७ को गोनाहाना मा भएको घरदैलोमा मुस्लिम मधेसी समुदायले दीपक जि.एम. लाई जिताउने प्रतिबद्धता जनाएका छन । उनीहरूले मुस्लिम मधेसी अधिकारका लागी लडेको पार्टी नेपाली कम्युनिष्ट पाटीका तर्फबाट उम्मेदवार बनेका दीपक जि.एम. लाई बिजयी गराउने प्रतिबद्धता जनाएका हुन । उनीहरूले विगतमा बिभिन्न प्रलोभनमा परि अन्य दल लाई मत दिने गरेकोमा यस पटक आफूहरूले बलियो राजनैतिक शक्ति नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लाई बिजयी गराउने प्रतिबद्धता जनाए । समाजमा भिजेका , स्थानीय र समाजिक व्यक्तित्व रुपमा दीपक जि.एम उम्मेदवार लाई उम्मेदवारको रुपमा अगाडि सारेपछि जनमत बलियो बन्दै गएको स्थानीय भनाई छ ।

खजुरा गाउँपालिका वडा नं ७ कि विष्णु कुमार हरिजनले नेकपाले सामाजिक व्यक्तित्व दीपक जि.एम. लाई अगाडि सारेकाले आफूहरूले तारा चिन्हमा मतदान गर्ने बताए । मधेसी मुस्लिम र अल्पसङ्ख्यकको अधिकारका लागी लडेको पार्टी नेपाली कम्युनिष्ट पार्टीले स्थानीय र सामाजिक व्यक्तित्व उम्मेदवार दिएपछि आफूहरू उत्साही भएको उनीहरूको भनाई छ । दीपक जि.एम. लाई जिताउनका लागी बाँके निर्वाचन क्षेत्र नं ३ को २४ वटै वडामा घरदैलो , भेटघाट र मतदाता शिक्षा कार्यक्रम भई रहेको निर्वाचन परिचालन समिति संयोजक राज कुमार बिकले जानकारी दिए ।

जनतामा परिचित अनुहार दीपक जि.एम. लाई उम्मेदवार बनाएको र नेकपाको जनमत राम्रो भएकोले आफूहरूको जित सुनिश्चित रहेको संयोजक बिकको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *