बाँके निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी तारा चिन्ह का उम्मेदवार नरेन्द्र पाण्डे ( जेम्स ) को पक्षमा जनसमर्थन बढ्दै गएको दाबी गरिएको छ। पार्टीका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेका अनुसार कोहलपुर, राप्तीसोनारी र नरैनापुरका अधिकांश वडामा घरदैलो तथा जन भेटघाट अभियानमा उत्साहजनक सहभागिता देखिएको छ।
शुक्रबार मात्रै क्षेत्रभित्रका ३० वटै वडामा सञ्चालन गरिएको जन भेटघाट कार्यक्रममा वृद्ध, युवा तथा महिलाको उल्लेख्य उपस्थिति रहेको बताइएको छ। स्थानीयवासीहरूले यसपटक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राख्ने नेतृत्वको आवश्यकता औंल्याउँदै तारा चिन्हमा मतदान गर्न आह्वान गरेको जनाइएको छ। कोहलपुर र नरैनापुरका विभिन्न वडासँगै राप्तीसोनारी का कुसुम , गाभर, सिक्का, ,बिनौना
फत्तेपुर, बैजापुर र ढकेरी लगायतका स्थानमा अभियानले तीव्रता पाएको छ। गाउँ– टोलमै पुगेर उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको भन्दै स्थानीयहरूले आफ्ना समस्या तथा अपेक्षा खुलेर राखिरहेका छन्। राप्तीसोनारी –१ का मतदाताले युवा तथा विकास प्रेमी नेतृत्व आवश्यक रहेको भन्दै जेम्सकै पक्षमा मतदान गर्ने अडान व्यक्त गरेको पार्टीका स्थानीय नेता टेकबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार सीमावर्ती क्षेत्रका समस्या, पूर्वाधार विकास, कृषि उत्पादनको बजार व्यवस्थापन र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने एजेण्डाले जनतालाई आकर्षित गरेको छ। चुनावी माहोल तीव्र बन्दै जाँदा बाँके –१ मा तारा चिन्हप्रतिको समर्थनले प्रतिस्पर्धालाई थप रोचक बनाएको देखिन्छ। जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता सहित अघि बढेको अभियानले अन्तिम परिणाम नेपाली कम्युनिस्ट पार्टी को पोल्टामा जाने देखिएको केन्द्रिय सदस्य रुद्र प्रसाद खनालले दाबी गरे ।













Leave a Reply