Advertisement

देउडामय बन्यो चुनावी अभियान : देउडा गीतबाटै पाण्डेलाई जिताउन आग्रह

९ फागुन, काेहलपुर / बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले चुनावी अभियानलाई देउडा गीतमार्फत जनतामाझ प्रस्तुत गरेका छन्। कोहलपुर-१ मा आयोजित देउडा कार्यक्रममा उनले सांस्कृतिक शैलीमै भोट माग्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

देउडा सांस्कृतिक संरक्षण प्रतिष्ठान शाखा कार्यालय काेहलपुरले आयोजना गरेकाे उक्त कार्यक्रममा बाँके जिल्लाका विभिन्न स्थानबाट आएका सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा देउडा गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिहरूले वातावरणलाई उत्साहपूर्ण बनाएको थियो।

उम्मेदवार पाण्डेले कार्यक्रममा स्थानीय आवश्यकता र जनचाहनालाई समेट्दै विभिन्न विकास योजनाहरू अघि सारेका छन । विशेषगरी कर्णाली प्रदेशबाट बसाई सरेर यहाँ बसोबास गर्दै आएका नागरिकहरूको कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनकालागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउँदै उम्मेदवार पाण्डेले साँस्कृतिक पहिचानलाई दिगाे राख्न आफू सधैं अग्रसर रहने बताए ।

“कला र संस्कृति हाम्रो पहिचान हो, यसलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो,” उनले भने।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले पनि देउडा गीतमार्फत प्रस्तुत गरिएको चुनावी अभियानलाई सकारात्मक रूपमा लिँदै सांस्कृतिक माध्यमबाट जनतासँग जोडिने प्रयास प्रशंसनीय रहेको बताएका थिए।

नेपाली कम्युनिष्ट पार्टिबाट उम्मेदवार बनेका पाण्डेले तारा चुनाव चिन्हमा मतदान गरि आफुलाई बिजयी बनाउन समेत आग्रह गरेका छन ।

देउडा गीतमार्फत गरिएको यस प्रकारको चुनावी प्रचारकाे शैलीले परम्परागत संस्कृति जोगाउँदै राजनीतिक सन्देश प्रवाह गर्ने नयाँ अभ्यासको रूपमा चर्चा पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *