Advertisement

कोहलपुरमा सांस्कृतिक महोत्सव सुरु , नयाँ वर्षमा मिलन लामा र जानकी तारमी आँउदै 

नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति बाँकेको आयोजनामा सोमवार देखी कोहलपुर सांस्कृतिका महोत्सव सुरु भएको छ । नेपाल मगर सङ्घ बाँकेको आयोजनामा “प्रथम सांस्कृतिक, भेषभूषा, खानपानका परिकार तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान –प्रदान एवं वृहत साङ्गीतिक कार्यक्रम २०८२/०८३  सुरु भएको हो । कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य माया पुन मगरले उद्‌घाटन गरिन ।

मगर समुदायको मौलिक पहिचान झल्काउने उद्देश्यले आयोजित महोत्सवको उद्‌घाटन अघि बिभिन्न जनजाति समुदायको  स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित झाकि प्रदर्शन गरिएको थियो ।
कोहलपुर न्युरोड बाट सुरु भएको झाकी प्रदर्शन स्थलमा आई पुगेको थियो । 

सोमवार सुरु भएको सांस्कृतिक कार्यक्रम  २०८३ साल वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ। 
मङ्गलवार नयाँ वर्ष विशेष मिलन लामा , जानकी तारमी मगर , टंक तिमल्सेना , निता थापा मगर लगायतका राष्ट्रिय कलाकार आउने आयोजक समितिका अध्यक्ष भुपेन्द्र पुन मगरले जानकारी दिए । 

सांस्कृतिक महोत्सवमा मगर लगायत जनजाति समुदायको भाषा सस्कृती झल्कने बिभिन्न बस्तुहरू प्रदर्शनीमा राखिएका छन । कार्यक्रम अवलोकनका लागि साधारण तर्फ १०० रुपैयाँ र विद्यार्थीका लागि ७५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *