बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा डुबेर एक १३ वर्षीय बालकको शुक्रबार दिउँसो मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बैजापुर बाँकेले दिएको जानकारीअनुसार आफ्नो एक जना साथीसँग शुक्रबार दिउँसो करिब १२ बजे राप्ती नदीमा नुहाउन र पौडी खेल्न गएका राप्ती सोनारी गाउँपालिका–३ बैंसा निवासी यज्ञबहादुर विकको कान्छो छोरा १३ वर्षको सफर विकको डुबेर मृत्यु भएको
इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी प्रमुख बलबहादुर घर्ति मगरले करिब १२ बजे सफर विक राप्ती नदीमा डुबेको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको जनाउँदै प्रहरी र स्थानीयले विकलाई खोजतलास गर्दा दिउँसो १ बजे शव फेला परेको बताउनुभयो । गर्मीको समयमा जिल्लामा रहेका विभिन्न नदी, खोला, ताल तलैया र अन्य पानी जमेको स्थानमा बालबालिका पौडी खेल्न जाने बढी सम्भावना रहेकाले एक्लै त्यस्ता स्थानमा जान नदिन जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक अपिल गरेको छ ।













Leave a Reply