Advertisement

२५ गते १२ औ स्थापना दिवस मनाउँदै कोहलपुर नगरपालिका 

कोहलपुर नगरपालिकाले यही बैशाख २५ गते आफ्नो १२ औ स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसका अवसरमा २१ गते देखी २५ गते सम्म बिभिन्न क्रियाकलापको आयोजना गरिएको कोहलपुर नगरपालिका १२ औ स्थापना दिवस सचिवालय व्यवस्थापन उपसमिति संयोजक तथा कोहलपुर वडा नं १२ का अध्यक्ष बिरेन्द्र शाहले जानकारी दिए ।

सो अवसरमा २१ गते खुला नृत्य प्रतियोगिता , २२ गते कर्मचारी , जनप्रतिनिधि , व्यवसायी र सञ्चारकर्मी बिच भलिबल प्रतियोगिता , सोही दिन खुल्ला कविता प्रतियोगिता , यसै गरी २३ गते महिला कर्मचारी , शिक्षिका सङ्घ संस्था र महिला सञ्चारकर्मी बिच मैत्रिपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिने सचिवालय संयोजक शाहले जानकारी दिए ।

त्यसै गरि २४ गते रक्तदान कार्यक्रम , विद्यालय स्तरीय दौड प्रतियोगिता , निशुल्क स्वास्थ्य शिविर गरिने बताईएको छ । यसैगरी २५ गते लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्म जय तिमल्सेनाको प्रमुख आतिथ्यमा कोहलपुरको प्रभातफेरी सहित स्थापना दिवस मनाउने उनले बताए । स्थापना दिवसकै अवसरमा कोहलपुर क्षेत्रका उत्कृष्ट करदाता , उत्कृष्ट निर्माण व्यवसायी , खेलाडी लगायत लाई समेत सम्मान गर्ने कार्यक्रम रहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

स्थापना दिवस लाई भव्य रुपमा सफल बनाउन कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यको संयोजकत्वमा ५ सय १ सदस्य मूल आयोजक समिति र बिभिन्न उपसमितिहरू समेत गठन गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । जस  अन्तरगत बिरेन्द्र शाहको संयोजकत्वमा सचिवालय व्यवस्थापन , कोहलपुर ८ का अध्यक्ष लाल बहादुर रानाको संयोजकत्वमा अतिथि सत्कार , कोहलपुर २ का अध्यक्ष हरि कठायतको संयोजकत्वमा खेलकुद व्यवस्थापन र कोहलपुर ४ का अध्यक्ष मुवारक अलि गुजर को संयोजकत्वमा स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन उपसमिति गठन गरिएको सचिवालय व्यवस्थापन उपसमिति संयोजक शाहले जानकारी दिए ।

२५ गते बिभिन्न जात जाती भाषा भाषीको झाँकी प्रदर्शन गरिने कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रिया स्मृति ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *