Advertisement

कोहलपुरका भूमिहीन दलित र सुकुम्बासी आज जग्गाधनी प्रमाणपुर्जा पाउदै 

कोहलपुर कोहलपुर का भूमिहीन दलित र सुकुम्बासीलाई शनिवार आज देखी जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १ का १ ४२ भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण कार्य सुरु गरिन लागेको कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले बताए । आचार्य क्रमश अन्य वडाहरू र अव्यवस्थित बसोवासी लाई समेत प्रक्रिया पुरा गरेर पुर्जा बितरण गरिने बताए । मेयर आचार्यले आज खुशिको दिन हुनका साथै नियमित क्रियासीलताको परिणाम भएको बताए । 

कोहलपुर नगरपालिका वडा नम्बर १ मा १४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासी ले आयोगमा लालपुर्जाका लागि आवश्यक कागजात पेस गरेको र सम्पूर्ण प्रक्रिया पुरा भएको कोहलपुर नगरपालिका वडा नं १ का अध्यक्ष बद्रि प्रसाद जैसीले बताए । भूमि सुधार मन्त्री बलराम अधिकारीले कोहलपुरमा आयोजना गरिने एक कार्यक्रमका बिच जग्गाधनी प्रमाण पुर्जा बितरण गरिने भूमि आयोग बाँकेका अध्यक्ष धननाथ खनालले बताए ।

खनालका अनुसार बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा फाइल दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको संख्या तीन हजार ६८१, भूमिहीन सुकुम्बासी छ हजार ७९८ र अव्यवस्थित बसोवासी ४३ हजार २२६ रहेको छ ।

बाँकेका ८ वटा पालिका मध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि फारम दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउपालिका बाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगन्ज उपमहानगरपालिका बाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *