Advertisement

कोहलपुर १ का भूमिहीन दलित तथा सुकुम्बासी लाई लालपूर्जा वितरण

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १ बासीलाई जग्गा धनी प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ ।

शनिबार एक कार्यक्रमका बिच कोहलपुर नगरपालिका वडा नं. १ का १ सय १२ जनाको लालपुर्जा मध्ये ९१ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई पहिलो चरणमा जग्गाधनी लालपूर्जा वितरण गरिएको कोहलपुर १ का अध्यक्ष बद्रि प्रसाद जैसीले जानकारी दिए । उनले रातदिन मेहनत गरेर कोहलपुर नगरपालिकामा सबै भन्दा पहिला आफ्नो वडामा जग्गाधनी प्रमाण पुर्जा बितरण गर्न सफल भएको बताए । उनले भूमि आयोगले साथ दिएमा जेठ महिना भित्र अव्यवस्थित बसोवासीको समेत पुर्जा बितरण गर्ने गरि तयारी पुरा गरेको जानकारी दिए ।

सङ्घीय सरकारका भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय  बालराम अधिकारीको प्रमुख आतिथ्यता कोहलपुर १ बासीलाई जग्गा धनी प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको हो ।

भूमिहीन दलित तथा सुकुम्बासीले वर्षौंदेखि जोतभोग गर्दै आएका थिए तर उनीहरूले कानूनी रुपमा जग्गाको मालिक बन्न पाएका थिएनन् । कार्यक्रमका प्रमुख अतिथि तथा विभागीय मन्त्री अधिकारीले लुम्बिनी प्रदेशमै पहिलो तथा देशभरका ७ सय ५३ पालिका मध्ये चौथो कोहलपुर नगरपालिका लालपूर्जा वितरण गर्न सफल भएको बताए । यसलाई आफूले सकारात्मक भएको र अन्य पालिकालाई पनि प्रेरणादायी हुने उनको विश्वास थियो ।

यस्तै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले यो ऐतिहासिक कार्यमा आफ्नो टिम र कार्यपालिकालाई विश्वास गरिदिनुभएको भन्दै सम्पूर्णप्रति कोहलपुर नगरपालिकाले कृतज्ञता व्यक्त गरे ।आचार्यले नेपाल सरकार, राजनीतिक दल, भूमि आयोग, स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, सर्वसाधारण लगायत सबैको समन्वयले यो उपलब्धि सम्भव भएको बताए ।

यस्तै भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष धननाथ खनालले भूमिहीन दलित, भूमिहीन रसुवावासीहरूलाई लालपुर्जा प्राप्ति गर्दा रु २५ को निवेदन शुल्क बाहेक अन्य कुनै राजश्व नलिएको बताए । अन्यको सन्दर्भमा जग्गा वर्गीकरणका आधारमा सहर भित्र १५ प्रतिशत, शहरउन्मुख भित्र १० प्रतिशत र कृषि तथा खेतियोग्य जमिनमा पर्ने जग्गावालाहरुले ५ प्रतिशत राजश्व बुझाउनुपर्ने प्रावधान रहेको बताए ।

यस्तै प्रदेशका सामाजिक विकास मन्त्री जन्म जय तिमिल्सेना, आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजाल, सङ्घीय सांसद सूर्य ढकाल, प्रदेश सांसदहरू दुर्गा प्रसाद चौधरी, सन्जु चौधरी, वसन्ती अधिकारी, नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उप प्रमुख संगिता सुवेदी, कोहलपुर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, पुर्व नगर प्रमुख लुट वहादुर रावत, नेपाली काग्रेस बाँके सभापति नारायण गौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे, रास्वपाका राजेन्द्र श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टिका केन्द्रिय सदस्य सुरेश चौधरी, भूमिहीन दलित, सुकुमवासी लगाएत जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा फाइल दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको संख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासी छ हजार ७९८ र अव्यवस्थित बसोवासी ४३ हजार २२६ रहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *