Advertisement

मृतकका आफन्तले गरे राजमार्ग अवरुद्ध

बसको ठक्करबाट मृत्यु भएका ब्यक्तीका परिवारलाई उचित क्षतिपुर्ति दिने विषयमा सहमति नभएपछि आन्दोलन थप चर्किदै गएको छ । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको भे ९ प ६४२८ नम्बरको मोटरसाईकललाई सोही दिसातर्फ गईरहेको वा १-०६ ख ३५९३ नम्बरको बसले बुधबार बाँकेको कुसुमस्थित सौरी गाउँमा ठक्कर दिदाँ ढकेरीका अन्दाजी ३३ वर्षका सुदिप सुवेदीको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा परी ढकेरीकै अन्दाजी ३५ वर्षका हिरासिंह ओली घाइते भएका थिए । परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने माग माग गर्दै स्थानीय बासिन्दाले बिहीबार दिउँसो कोहलपुरमा सडक अवरुद्ध गर्दै प्रर्दशन गरेका थिए । कोहलपुरको प्रर्दशनलाई प्रहरीले हस्तक्षेप गरेपछि मृतकका परिवार तथा आफन्तहरु घटनास्थल राप्ती सोनारी(१ कुसुमस्थित सौरीमै पुगेर बिहीबार अपरान्ह राजमार्ग अवरुद्ध गरेका हुन् ।

कोहलपुरमा उनीहरुले अवरुद्ध गरेको सडकलाई प्रहरीले बिहीबार बेलुका बल प्रयोग गरेर खुलाएको थियो । कोहलपुरको आन्दोलनमा प्रहरीको हस्तक्षेप हुन थालेपछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाहरु घटनास्थल सौरी पुगेर सवा ५ बजेदेखी सडक अवरुद्ध गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

अतिब्यस्त रहने राजमार्ग नै अवरुद्ध भएपछि सयौंको संख्यामा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले अवरुद्ध सडक खुलाउने विषयमा पहल भइरहेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *