Advertisement

अबको हाम्रो दिन हुनेछ : अध्यक्ष प्रचण्ड


बैतडी/ नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दैछ अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन् ।

भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको भएको र त्यसको समाधान गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डले प्रतिबद्वता जनाए । अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताए ।

उनले भने, “ तराई को अभियानले माओवादी प्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिन माओवादी र, जनताको दिन समग्रमा हाम्रो हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *