Advertisement

कमलदह हिमालय पर्यटन स्टेशन प्रवर्द्धन कार्यक्रम शुभारम्भ

रुकुम (पूर्व) को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको आयोजना तथा सिस्ने गाउँपालिकाको सहजीकरणमा ‘कमलदह हिमालय पर्यटन स्टेशन प्रवर्द्धन कार्यक्रम (Himalaya Tourist Hub Rukum East 2082)’ को आज औपचारिक शुभारम्भ गरिएको छ ।

कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति, रुकुम (पूर्व) का उप–प्रमुख मोहन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ र लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका उप–सचिवले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो ।

उक्त उद्घाटन कार्यक्रममा जिल्ला भित्रका सम्पूर्ण जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय पर्यटन व्यवसायी, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममार्फत रुकुम पुर्वका पर्यटकीय क्षेत्रहरुलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *