Advertisement

बैजनाथ गाउँपालिकामा उपाध्यक्षको तालाबन्दी काण्ड : वडा अध्यक्षहरूले कार्यपालिका बैठक माग गरे 

बैजनाथ गाउँपालिकाका वडाअध्यक्षहरूले कार्यपालिका बैठकको माग गरेका छन । उपाध्यक्ष निर्मला रोकायले पदीय मर्यादा विपरीतको गतिविधि गरेको भन्दै कार्यपालिका बैठकको माग गरेका हुन । उनीहरूले बिहीवार पालिका अध्यक्ष प्रकाश बहादुर शाह लाई ज्ञापन पत्र बुझाउदै अविलम्ब कार्यपालिका बैठक माग गरेको बैजनाथ गाउँपालिका वडा नं ५ का अध्यक्ष देव बहादुर रावतले जानकारी दिए ।

उपाध्यक्षले कर्मचारी लाई दोष देखाउदै कार्यलयमा तालाबन्दी गर्नुले गलत सन्देश गएको भन्दै प्रमुख प्रशासकीय अधिकृत मार्फत कर्मचारी परिचालन गरिनु पर्नेमा एक पटक छलफल समेत नगर आफै तालाबन्दीमा उत्रनु गम्भिर विषय भएको वडा अध्यक्ष रावतको भनाई छ । उनले कर्मचारी लाई मात्रै दोष दिने विषय नभएको भन्दै हरेक विषय विधि सम्वत् तवरले नियन्त्रण र नियमन गरिनुपर्ने धारणा राखे । अध्यक्ष शाह लाई ज्ञापन पत्र बुझाउन बैजनाथ गाउँपालिका १ का अध्यक्ष रुप बहादुर मल्ल वडा नं २ का अध्यक्ष राजु रुचाल वडा नं ३ का अध्यक्ष निखिल बैगार , ४ प्रेम बहादुर शाही ५ का देव बहादुर रावत, ६ का भुपाल पुन ,वडा नं ७ का दिनेश थारू र वडा नं ८ का अध्यक्ष भग्गन थारू गाउँपालिका  कार्यालय पुगेका थिए ।

बुधवार कर्मचारीहरू लाई समयमा नपुगेको , डेस नलगाएको लगायतका दोष देखाएर  गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले गाउँपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *