Advertisement

वन कार्यालय प्रमुखलाई मोसो

नेकपा बहुमत निकट युवा संगठन नेपालले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई मोसो दलेको छ ।

नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपालले बिहीबार कार्यालय प्रमुख रामविचारी ठाकुरलाई मोसो दलेको हो ।

भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै कारबाहीस्वरूप मोसो दलेको संगठनका एक नेताले बताए ।

ठाकुरले सेवाग्राहीबाट घुस लिने गरेको उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *