Advertisement

कोहलपुरमा पहिलो पटक रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु

कोहलपुर । बाँकेको कोहलपुरका पहिलो पटक रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्‌घाटन कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले ब्याटिङ तथा नगर उपप्रमुख सङ्गीता सुवेदीले बलिङ गरेर गरेका थिए ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्‌घाटन गर्दै युवा तथा खेलप्रेमीहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्न प्रतियोगिता सुरु गरेको बताए । उनले नयाँ खेलाडीको पहिचान र सम्भावनाको खोजीका लागी प्रतियोगिता आयोजना गरिएको बताए ।

कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले पनि मन्तव्य दिँदै खेलकुद विकासमा नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाइन् । यस्तै कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले खेलकुद क्षेत्रलाई संस्थागत र दिगो बनाउँदै लैजान यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिने जानकारी दिए ।

बाँके र बर्दियाका गरि २३ टिमको सहभागिता रहेको प्रतियोगिता सम्पन्न गर्नका लागी झण्डै १५ लाख खर्च लाग्ने अनुमान रहेको कोहलपुर नगर खेलकुद विकास समितका अध्यक्ष क्षेत्रीले जानकारी दिए । अत्याधिक गर्मीका कारण रातको समयमा खेल आयोजना गरेको बताउँदै उनले हाल निर्माणाधीन अवस्था रहेका कारण अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेल आयोजना नगरेर अन्यत्र गर्नुपरेको बताए ।

उद्‌घाटन खेलमा सगरमाथाले रोयल बेलनपुर लाई ११ ओभर तीन बलमै पराजित गर्दै सानदार सुरुवात गरेको हो । प्रतियोगिताको पहिलो खेल निकै प्रतिस्पर्धात्मक रहन पुगेको भए पनि सगरमाथा स्पोर्ट्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पा¥यो । प्रतियोगिता २० गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *