Advertisement

माओवादी केन्द्र र नेसपाबीच आज एकता हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०बीच सोमबार पार्टी एकीकरण हुँदैछ । ललितपुरको ग्वार्को खरिबोटस्थित एक ब्याङ्क्वेटमा बिहान साढे ११ बजे एकता घोषणाको कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल समाजवादी पार्टी पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको थियो । तत्कालीन अध्यक्ष महिन्द्र राय यादव एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नै नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गरेका थिए ।

२९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *