बाँकेको कोहलपुर नगरपालिकामा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै नेकपा माओवादी केन्द्र कोहलपुरले खबरदारी सहित ध्यानाकर्षण पत्र बुझाएको छ ।
सोमबार माओवादी केन्द्र कोहलपुरका अध्यक्ष बल बहादुर खड्का ‘अविरल’ को नेतृत्वमा गएको टोलीले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका कोहलपुर प्रमुख माधव महतलाई बुझाएको हो ।
माओवादी केन्द्र कोहलपुरका अध्यक्ष खड्का ‘अविरल’ ले विद्युत सेवा एक दिनमै २० पटक सम्म जाने भएको भन्दै नागरिकको दैनिकी काम समेत प्रभावित भएको, कार्यालय तथा विद्युतीय उपकरण सञ्चालक व्यवसायहरूमा समेत बाधा पुगेको भन्दै खबरदारीको कार्यक्रम गरेको बताए । जीर्ण भएको विद्युतको संरचना समयमै मर्मत गर्न , समस्या बारेको सूचना समयमै ग्राहकहरू लाई दिन तथा गुनासोहरूको सही तवरले सम्बोधन गर्न माग गरिएको खड्काले बताए ।
ध्यानाकर्षण पत्र समेटिएका समस्यालाई तत्काल सम्बोधन नगरेपछि त्यसको जिम्मेवारी स्वयम् कार्यालय हुने नगर अध्यक्ष खड्काले चेतावनी समेत दिएका थिए । केही महिना अघि सहज आपूर्ति गरिरहेको भए पनि पछिल्लो समय विद्युत सेवामा चरम अव्यवस्था देखिएको भन्दै स्थानीय नागरिक तथा विभिन्न संघ –संस्थाहरू आक्रोशित छन्। नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर माधव महतले झ्यापझ्याप लाइन जानुलाई लोडसेडिङसँग नजोड्न आग्रह गरे । उनले हाल लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको समेत बताए । अहिले उत्पादन धेरै भएर भारतलाई समेत बेचिएको अवस्थामा लोडसेडिङ हुनुपर्ने कारण छैन। उनले कहिलेकाहीँ ट्रान्सफर्मर वा फिडरमा समस्या हुँदा लाइन झ्यापझ्याप जाने बताए ।













Leave a Reply