Advertisement

खजुरा गाउँपालिकामा १८ औं गणतन्त्र दिवस भब्य रुपमा सम्पन्न

खजुरा गाउँपालिकाको आयोजनामा आज बिहान १८ औं गणतन्त्र दिवसको अवसरमा इलाका प्रहरी कार्यालय धनौली देखि खजुरा बहुउद्देश्यीय सभाहल सम्म बाजागाजा सहित र्‍याली लिकालिएको थियो ।

र्‍याली स्थानीय बाजागाजा सहित पालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार, बुद्धिजिबि, नागरिक समाज, स्वास्थ्यकर्मी लगाएतको उपस्थितिमा रहेको थियो ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. र सहिद सेतु बि.क. को श्रीमान शेर बहादुर बि.क.ले सहिद सेतु बि।क।को शालिकमा माल्यार्पण गरि र्‍याली निकालिएको थियो ।

खजुराको बहुउद्देश्यीय सभागृहमा भएको कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क.ले संघिय गणतन्त्र ल्याउन नेपाली जनताको संघर्षपुर्ण बलिदान, त्याग तपस्याले एकात्मक निरङ्कुस तानाशाह राजतन्त्रको अन्त्य भएको दिनको स्मरण गर्दै जनताले आफ्नो अधिकार प्राप्त गरेको दिनमा सबैले उत्सवको रुपमा मनाउने गरेको बताए । उने भने एकात्मक शासन ब्यवस्थाको नेतृत्व गरेकाले जनतामा असमानता, विभेद र मौलिक अधिकारलाई पुर्णरुपमा बन्देज गरिएको थियो, तर गणतन्त्रमा मौलिक हकको ब्यवस्था गरिएको छ जनताको अधिकारको ग्यारेन्टी र सामाजिक न्याय, धर्मनिरपेक्षता, समानुपातिक संविधानमा ब्यवस्था गरिएको छ ।

त्यस्तै उपाध्यक्ष मन्जु माल्ल ले गणतन्त्रले राज्यको हरेक निकायमा महिलाको अधिकार सुनिश्चित गरेको भन्दै हामीले निरङ्कुस शासन ब्यवस्थाको कल्पना गर्न नसकिने बताइन ।

खजुरा गाउँपालिकाले १८औं गणतन्त्र दिवसको अवसरमा निरङ्कुस राजतन्त्रका विरुद्ध गणतन्त्र प्राप्तिको लागि १९ दिने आन्दोलनलाई सशक्त बनाउने महत्वपूर्ण भुमिकामा रहेका र बाँके क्षेत्र नम्बर ३ को संयुक्त जनआन्दोलन परिचालन समिति संयोजक मान बहादुर ओलि, सहित ८ जनालाई सम्मान गरिएको छ ।

यसैगरी खजुरा गाउँपालिका भित्र रहेका २० ओटा क्लबहरुलाइ खेलकुद सामाग्री बितरण समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *