Advertisement

१८ औ गणतन्त्र दिवसमा माओवादी केन्द्र कोहलपुरको दीप प्रज्वलन 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बिहीवार गणतन्त्र दिवसको अवसर पारेर कोहलपुर चौराहामा दीप प्रज्वलन गरेको छ । माओवादी केन्द्रका कोहलपुर नगर अध्यक्ष बल बहादुर खड्का अविरलले जनयुद्धको जगमा बनेको सङ्घीय गणतन्त्र स्थापना दिवसको अवसर पारेर दीप प्रज्वलन गरेको जानकारी दिए । सङ्घीय गणतन्त्र ल्याउन नेपाली जनताको सङ्घर्षपूर्ण बलिदान, त्याग तपस्याले एकात्मक निरङ्कुश तानाशाह राजतन्त्रको अन्त्य भएको दिनको स्मरण गर्दै जनताले आफ्नो अधिकार प्राप्त गरेको दिनमा सबैले उत्सवको रुपमा मनाएको उनले जानकारी दिए ।

दीप प्रज्वलमा बोल्दै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सिता नेपालीले नेपाली जनताको ठुलो बलिदान बाट गणतन्त्र प्राप्त भएको बताइन । उनले गणतन्त्र विरुद्ध अँध्यारो कुनामा बसेर भुक्ने काम भई रहेको भन्दै यसको रक्षाको मुख्य दायित्व माओवादीको भएको बताइन । उनले यसको लागी जस्तो सुकै मूल्य चुकाउन तयार रहेको बताइन । गणतन्त्र पछि प्राप्त संविधानमा केही उपलब्धि हासिल भएको भन्दै जनताको बलमा यस लाई परिमार्जन गर्दै समाजवादी लक्ष्य पुरा गर्दै अगाडि वढ्नु पर्ने धारणा राखिन । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य उषा पुन , नरेन्द्र न्यौपाने , जिल्ला संयोजक नरेन्द्र पाण्डे , महिला नेतृ रेणुका खड्का लागायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *