Advertisement

गणतन्त्र दिवसमा माओवादी केन्द्र निकट जनस्वास्थ्यकर्मीको निशुल्क स्वास्थ्य शिविर

बाँके । प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ नेपाल बाँकेले १८ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरी १ सय ९७ जना बिरामीहरूको निशुल्क स्वास्थ्य जाँच गरेको छ । बिहीबार बैजनाथ ७ पेडारी गाउँमा सो शिविर गरेको हो ।

शिविरमा नसर्ने रोगको स्क्यानिङ उपचार तथा प्राथमिक कान उपचार सम्बन्धी निःशुल्क चेकजाँच गरेको जनस्वास्थ्यकर्मी महासङ्घ बाँके जिल्ला अध्यक्ष जयराम पाण्डेले बताए । अध्यक्ष पाण्डेका अनुसार शिविरमा १ सय ९७ जना सेवाग्राहीको सुगर , प्रेसर तथा कान सम्बन्धी समस्याको जाँच दक्ष तथा अनुभवी चिकित्सक तथा स्वस्थ्यकर्मीबाट गरिएको छ । सो शिविरमा ४५ जना उच्च रक्तचाप, २० जना मधुमेह, कानको जाली प्वाल परेका ६ जना, कान कम सुन्ने ५ जना, कानमा फोहोर जमेका १५ जना बिरामी पत्ता लागेको अध्यक्ष पाण्डेले बताउनु भयो । कानको जाली प्वाल परेका ३ जनाको अप्रेसनको लागि रिफर गरेको र सुगर तथा प्रेसरका बिरामीहरूलाई आवश्यक उपचार तथा परामर्श सेवा दिएको शिविरमा सेवारत स्वास्थ्यकर्मीहरूले बताए । निःशुल्क स्वास्थ्य शिविरको उद्‌घाटन गर्दै माओवादी केन्द्र बाँकेकी इन्चार्ज सुवेदीले गणतन्त्र दिवसको दिन यसरी सेवाग्राहीलाई स्वास्थ्य प्रदान गरेर मनाउनु धेरै लाभदायक भएको बताइन । त्यस्तै बैजनाथ ७ का वडा अध्यक्ष दिनेश थारूले स्वास्थ्यकर्मीहरूले धन्यवाद दिदैँ आउँदा दिनहरूमा यसरी नै सेवा पुर्‍याउन आग्रह गरे । महासङ्घका केन्द्रिय उपाध्यक्ष एबं लुम्बिनी प्रदेश इन्चार्ज मानव नेपालीले महासङ्घले एक उदाहरणीय काम गरेको बताए । महासङ्घ बाँके जिल्ला अध्यक्ष लक बहादुर रोकायाको अध्यक्षतामा भएको निःशुल्क स्वास्थ्य शिविरमा महासङ्घसँग आबद्ध सेवा निवृत्त भएका स्वास्थ्यकर्मीहरूलाई सम्मान तथा तहबृद्धि भएका स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका थिए । कार्यक्रम सफल पार्न महासङ्घ बाँकेको टिम, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन बाँकेको टोली, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजबाट चिकित्सक, तथा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज , ईन्टास नेपाल, नेकपा माओवादी केन्द्र बैजनाथ इन्चार्ज लगायतको सक्रिय सहभागिता रहेको अध्यक्ष रोकायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *