नेपालगन्ज / शुक्लाम्बरा उपन्यास विमोचन गरिएको छ । बिहीवार नेपालगन्ज स्थित द होटल ग्यालेक्सीमा आयोजना गरिएको कार्यक्रममा तारा रोकाय खत्रीद्वारा लेखिएको उपन्यास शुक्लाम्बरा विमोचन गरिएको हो । सोही कार्यक्रममा ३ जना भारतीय साहित्यकार सहित ४ जना लाई सम्मान गरिएको छ । पुर्णतारा फाउन्डेसन तथा भेरी साहित्य समाज, केन्द्रीय समिति नेपालगन्जको आयोजनामा भएको विमोचन कार्यक्रममा भारतीय साहित्यकार सरिक रब्बानी, वीणा वाहिनी चौबे, इशाद राही र भेरी साहित्य समाजका पूर्व महासचिव लेक प्रसाद प्याकुरेललाई सम्मान गरिएको पुर्णतारा फाउन्डेसनका अध्यक्ष तारा रोकायले बताइन । विमोचन कार्यक्रममा साहित्यकार सुमित्रा न्यौपाने लगायतले चर्चा गरेका थिए । विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले बाँकेमा पछिल्ला दिनहरूमा महिला साहित्यका थपिदै गएकोमा आफू निकै खुशी भएको बताए । त्यस्तै अर्का अतिथि डा। कृष्णप्रसाद घिमिरेले साहित्यकारहरूका कुनै देश नहुने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले बाँकेको साहित्यिक इतिहासमा एउटा इट्टा थपिएको बताए। भेरी साहित्य समाज, केन्द्रीय समिति सल्लाहकारका तर्फबाट डा। हरि तिमिल्सिनाले गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताए । उहाँले चारैतिरबाट गणतन्त्र माथि आक्रमण भैरहेको बेला १८ औँ गणतन्त्र दिवसको दिन पारेर १८ वटा विद्धुतिय बत्ती बालेर उपन्यास विमोचन गर्नु निकै सह्रानिय भएको बताउनु भयो । नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डे ९जेम्स०ले आफू पनि साहित्यमा रुचि राख्ने व्यक्ति भएको बताए । गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताउँदै संयोजक पाण्डेले उपन्यासकार रोकायलाई बधाई दिए । उपन्यासकार रोकायले २०५२ सालदेखि आफूले भोगेका सबै इतिवृत्तान्त उपन्यासमा उतार्न सफल भएको बताउनु भयो । विमोचन कार्यक्रममा ७ जनाले आफ्ना रचना वाचन गरेका थिए । भारतीय साहित्यकार शारिक रब्बानी , वीणा वादिनी चौबे , इशाद राई, नेपाली साहित्यकार सुन्दर गुरुङ, डा। डक्ट प्रसाद धिताल, पार्वती पुन ९उषा०, अन्सर नेपाली लगायतले आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा दुई दर्जन बढी अतिथिको उपस्थिति रहेको सल्लाहकार तिमिल्सिनाले बताउनु भयो । कार्यक्रमको अध्यक्षता साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समाजका पूर्व महासचिव लेकप्रसाद प्याकुरेलले गरेका थिए ।













Leave a Reply