कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले स्थानीय सरकार प्रति जनताका अपेक्षाहरू घेरै रहेकाले पुरा गर्न कठिनाइ भई रहेको बताएका छन । सीमित श्रोत साधन तर नजिकको सरकारका हिसाबले अपेक्षाहरू घेरै रहेकाले पुरा गर्न कठिनाइ हुने गरेको बताएका हुन । आर्थिक वर्ष ०८२/८३ को निती तथा कार्यक्रम र बजेटमा सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा प्रमुख आचार्यले यस्तो बताएका हुन ।
उनले खास गरि सडक र नाला निर्माणका लागी उच्च माग रहे पनि सीमित बजेटका कारण माग पुरा गर्न सकिने अवस्था नरहेको बताए । ठूला पूर्वाधार प्रदेश र सङ्घ सरकारले निर्माण गर्नुपर्ने धारण राखे । उनले झण्डै १ अर्ब बराबरको बजेटमा ठुलो हिस्सा तलब भत्ता मै जाने तथा अन्य ससर्त र तोकिएका कामहरू गर्दा पालिकाले झण्डै १० करोड रकम मात्रै आफू अनुकुल खर्च गर्न सक्ने अवस्था रहेको बताए । पछिल्लो समय राजस्व घट्दै गएको सङ्घ र प्रदेशको अनुदान समेत घट्दै गएकाले काम गर्न अप्ठ्यारो रहेको बताए ।
चुनौतीका बिच पनि कोहलपुरमा एक मिनी रङ्गशाला ,प्रशासकीय भवन , नमुना पार्कहरू निर्माणको सुरुवात गरिएको जानकारी दिए । उनले आगामी वर्ष रोजगार सृजना , शिक्षा क्षेत्र सुधार , सुलभ स्वास्थ्य सेवा र पर्यटन पूर्वाधार निर्माणका कामहरू प्राथमिकतामा राखिने बताए । उनले सानो लगानीमा गर्न सकिने प्रभावकारी कामहरू के हुन सक्छन भन्ने हिसाबले सुझाव सङ्कलन गरिएको र प्राप्त सुझावहरू हर सम्भव कार्यन्यनको प्रयास गरिने बताए ।
कार्यक्रममा बोल्दै शिक्षा विज्ञ जित बहादुर शाहले रोजगार तथा स्वरोजगारका कार्यक्रमहरू सुरुवात गरिनु पर्ने , खेतियोग्य जमिन र आवास क्षेत्र छुट्याएर काम गर्नुपर्ने , कृषि र पशुपालन लाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । त्यसैगरी डा शिशिर रेग्मीले स्वास्थ्य सचेतनाका कार्यक्रमहरू निर्माणमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा सहभागी मध्ये बिभिन्न क्षेत्र बाट झण्डै २५ जना बाट रचनात्मक सुझावहरू आएको र सो सुझावहरू सके सम्म कार्यन्वयन गरिने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले जानकारी दिए । कार्यक्रममा नेपाली काङ्ग्रेस बाँकेका उपसभापति कृष्ण कार्की , माओवादी केन्द्र कोहलपुरका नगर अध्यक्ष वल बहादुर खड्काले पनि आधारभुत बर्गको आवश्यकता अनुसारको विकास निती तय गर्न सुझाव दिएका थिए ।













Leave a Reply