बाँकेको खजुरा गाउँपालिका वडा नं १, जलपोखरीमायोग केन्द्र शुभारम्भ तथा समुद्घाटन गरिएको छ । खजुरा १ जलपोखरीको श्री तिर्खा आधारभूत विद्यालय परिसरभित्र रहेको प्राङ्गणमा ४२ औं योग केन्द्र शुभारम्भ तथा समुद्घाटन गरिएको हो ।
योग समिति नेपालका परिकल्पनाकार संस्थापक केन्द्रिय अध्यक्ष आयुर्वेदाचार्य योगगुरु गिरिराज ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर वि क तुफानले योग लाई जीवनशैलीकै रुपमा अपनाउनु पर्ने बताए । उनले स्थानीय सरकारले पनि योग कार्यक्रमहरू लाई प्रोत्साहन गर्ने नीति लिएको जानकारी दिए । सोही कार्यक्रममा योग प्रशिक्षक उषा नेपालको संयोजकत्वमा १५ सदस्य योग सञ्चालन तथा व्यवस्थापन समिति समेत गठन गरिएको थियो ।
जसको उप संयोजकमा दीपा पुन सदस्यहरूमा रामकुमार रैदास , बिना थापा ,उषा परियार, लक्ष्मी थापा थिरबहादुर थापालगायत रहनु भएको छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी , योग समिति नेपालका सहसचिव टङ्क पौडेल, खजुरा गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष मनवीर क्षेत्री , जानकी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता , तिर्खा आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष द्रोण बहादुर थापा , प्रधानाध्यापक सिता शर्मा , समाजसेवी नवराज थापा , श्याम थापा , लक्ष्मी थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बालयोगी हरू निरीक्षा र ग्रीष्मा बाट देशभक्तिपूर्ण नृत्य समेत प्रस्तुत गरिएको संयोजक उषा नेपालले जानकारी दिइन ।













Leave a Reply