नमुना समाज बाँकेको आयोजनामा कोहलपुर नगरपालिका वडा नं १४ मा ज्येष्ठ नागरिक सम्मान तथा महिला तथा बालबालिकाहरूको लागी क्षमता विकास तालिम सञ्चालन गरिएको छ । समाजिक विकास डिभिजन नेपालगञ्जको आयोजनामा महिला तथा बालबालिका क्षमता अभिवृद्धि ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत ३ दिने क्षमता विकास तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष टिकाराम उपाध्यायले जानकारी दिए । बिहीवार सम्म सञ्चालन हुने तालिममा ७० बढिको सहभागिता रहेको छ । सो कार्यक्रममा ४ दर्जन अल्पङ्ख्यक चिडिमार समुदाय लगायतका ज्येष्ठ नागरिकहरू लाई नगद रकम दोसल्ला र प्रमाणपत्र सहित सम्मान समेत गरिएको छ । ज्येष्ठ नागरिक सम्मान तथा तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले जेष्ट नागरिकहरू लाई सम्मान गर्नुपर्ने बताए ।
उनले ज्येष्ठ नागरिकहरूको अनुभवले देश निर्माणमा योगदान पुग्ने भन्दै उनिहरुलाई सम्मान गर्नुपर्ने बताएका हुन । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले ज्येष्ठ नागरिकहरू समाजको मार्गदर्शक रहेको भन्दै उनीहरू लाई सम्मानित नागरिकको दर्जा दिनु पर्ने बताए । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख सङ्गीता सुबेदीले , सामाजिक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख उद्धव श्रेष्ठ , कोहलपुर नगरपालिका वडा नं १४ का अध्यक्ष नम बहादुर आले, प्रशिक्षक राधेश्याम चौधरी लगायतको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष टिकाराम उपाध्यायका अनुसार संस्थाले बिभिन्न दातृ तथा सहयोगी संस्थाहरू सँगको सहकार्यमा विगत देखिनै क्षमता विकास , शिप तथा आय मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आई रहेको छ ।













Leave a Reply