Advertisement

गोरखाले मनाई २४ औ स्थापना दिवस 

जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य मानिएको कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुलले २४ औं स्थापना दिवस सम्पन्न गरेको छ । शनिवार विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच विविध कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले कोहलपुरको शैक्षिक विकासका लागि सामुदायिक र संस्थागत विद्यालयहरू समान ढङ्गले अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन । एकाध विद्यालयले आफ्नो विरासत राख्दैमा सिङ्गो कोहलपुरको शैक्षिक विकास भएको मान्न नसकिने उल्लेख गर्दै नगर प्रमुख आचार्यले सामूहिक र सङ्गठित ढङ्गबाट कोहलपुरको शैक्षिक विकासलाई गति दिनुपर्नेमा जोड दिए ।

पश्चिम नेपालमै आफ्नो पहिचान स्थापित गरेको गोरखा स्कुलको शैक्षिक गतिविधिका मुद्दाहरू सिङ्गो नगरपालिकाको साझा मुद्दा हुन सक्ने भन्दै मेयर आचार्यले निजी विद्यालयहरूका सकारात्मक र अनुकरणीय गतिविधिहरू कोहलपुर नगरपालिकाले समेत फिड ब्याकको रुपमा ग्रहण गर्ने उल्लेख गरे । अभिभावकहरुको पहिचान स्तर झल्किने गोरखा स्कुलको भुमिका , निती र कार्यक्रमलाई कोहलपुर नगरले आफ्नो शैक्षिक सुधार कार्यक्रममा राख्न नहिच्किचाउने उल्लेख गरेका नगर प्रमुख आचार्यले विविधता पहिचान गरेर बालमैत्री शिक्षा प्रदान गरेको प्रति गोरखा स्कुलको खुलेरै प्रशंसा गरे ।

कोहलपुर नगरले निर्ममतापूर्वक गत वर्षदेखि शैक्षिक सुधारको कार्यक्रम लागू गरयो , यस वर्षदेखि केही न केही हामीले सुधार भएको महसुस गरेका छौँ यो प्रक्रियालाई निरन्तरता दिन्छौँ भन्दै मेयर आचार्यले कोहलपुरलाई शैक्षिक हव बनाउने कुरा सामूहिक प्रयासले मात्र सम्भव हुने जिकिर गरे । कोहलपुरमा अन्य पालिका मात्र हैन अन्य जिल्लाबाट पनि अध्ययनका निम्ति विद्यार्थीहरू आउने गरेको टिप्पणी गर्दै यहाँको शैक्षिक सुधार हुँदै जाने हो भने अध्ययन गर्न आउनेहरुको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि हुने आचार्यको थप कथन रहेको छ ।

कार्यक्रममा विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले सकारात्मक सोचका साथ हामी व्यवहारिक र युग सुहाउँदो शिक्षा प्रति आफू सचेत छौ भन्दै संस्कार सहितको शिक्षा गोरखाको अबको पहिचान हुने विश्वास व्यक्त गरे । उनले आफू व्यवस्थापनका हैसियतले जुनसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको भन्दै संस्थापक आलेले विद्यालयको समग्र व्यवस्थापन र लगानीमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जाहेर गरे । मेरो व्यवस्थापनले मात्र शैक्षिक सुधार हुन्छ भन्ने हुदैन एकाडेमिक शैक्षिक विकासमा विद्यालयका १ सय ३२ जना कर्मचारी र शिक्षकहरु पनि उत्तिकै जिम्मेवार रहन्छन भन्दै आलेले २०७९ देखि विद्यालयमा पञ्चबर्षीय शैक्षिक योजना अगाडि सार्दै १५ करोड बढि खर्च गरिसकेको उल्लेख गरे ।

आलेले वाईफाई सहितको आईटीका अलावा स्मार्टवोर्ड,आधुनिक प्रयोगात्मक अभ्यास, सिक्दै कमाउदै, सिक्दै पढदै, वाताअनुकुलित कक्षा कोठा, जिम हल, स्विमिङ जस्ता कार्यक्रम अघि सार्दै गोरखालाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने थलोको रुपमा विकासको गर्ने गरि आफुले पञ्चबर्षीय योजना अघि सारेको उल्लेख गरे । गोरखा स्कुलसंग हरेक कुराको ब्याकअप रिजर्भ छ पछिल्लो समय काठमाण्डौ युनिभर्सिटिसंगको सहकार्यमा विद्यार्थीहरुको रुचि अनुसारको शिक्षा दिन विद्यालयले ठुलो लगानि गर्दै शैक्षिक एडभाईजर समेत राखेको कुरा सुनाउदै आलेले अभिभावक सन्तुष्ट हुने गरि कहि कतै ईफ बट नभनि शैक्षिक सुधारमा आफ्नो कटिबद्धता रहने उल्लेख गर ।

सो अवसरमा विद्यालयको गत शैक्षिक शत्रको समिक्षा र आगामि शैक्षिक बर्षको कार्ययोजना पेश गर्दै विद्यालयका प्रधानाध्यापक साधना थापाले पञ्चबर्षीय योजना अनुसार आफुहरु सोही योजनाबाट गाईडेट हुँदै गएको उल्लेख गर्दै यो बर्ष कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको ह्याण्डराईटिङलाई प्राथामिकता दिने उल्लेख गरिन । उनले केजि १ देखि १० सम्म हरेक शुक्रवारलाई बुकलेस डे का रुपमा लिंदै प्रयोगात्मक अभ्यास, लाईफ स्केल रिसर्च, पाक शिक्षा, पारिवारीक वातावरण निर्माण जस्ता अतिरिक्त विधाहरुलाई समेटने योजना रहेको उल्लेख गरिन ।

यस शैक्षिक शत्रदेखि काठमाण्डौ युनिभर्सिटिका प्रोफेसरहरुबाट मोटिभेसनका कक्षाहरुका अलावा विद्यार्थी विदेशिने प्रचलकलाई रोकथामका प्रयासहरु समेत गरिने उल्लेख गर्दै प्रधानाध्यापक थापाले विद्यालय यस वर्षदेखि स्काउटमा समेत जोडिने वताईन । हरेक कक्षाहरुमा अनुशासन कमिटि गठन गरि कक्षा सञ्चालनको गाईडलाई निर्माण गरिेने उल्लेख गरेकी प्रधानाध्यापक थापाले अबको सम्पुर्ण सिकाई डिजिटल प्रबिधिबाट हुने वताईन ।

विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरको सभाध्यक्षतामा आयोजित २४ औं बर्षगाँठ समारोहमा अभिभावक सविन थापाले स्कुलसंगका आफना अनुभव र अनुभुति समेत समारोहमा समक्ष व्यक्त गरेका थिए । गत बर्षको विएलईमा सर्वोत्कृष्ठ हुने आभाष खत्रिलाई सम्मान तथा पुरस्कृत गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उप प्रमुख सिता कार्कि, नगर उप प्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरी, सैनिक सेनानी विकास कार्कि, पुर्व विद्यार्थी संघका अध्यक्ष समिर जंग शाह, शिक्षक महासंघ कोहलपुरका अध्यक्ष निम प्रकाश थापा, एपिएफ स्कुलका प्रिन्सिपल राज कुमार प्याकुरेल, ईलाका प्रहरी कार्यलयका प्रतिनिधि, ट्राफिक प्रहरी प्रतिनिधि लगाएत शिक्षक विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *