नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) कोहलपुर नगर समितिले कोहलपुरस्थित नापी र मालपोत कार्यालयमा सेवा प्रवाहमा पारदर्शिता, जनमैत्री व्यवहार र विधिसम्मत कार्यप्रणालीको माग गर्दै ध्यानाकर्षण – पत्र बुझाएको छ। नगर समितिका अध्यक्ष बल बहादुर खड्का को नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मालपोत कार्यालय प्रमुखलाई ध्यानाकर्षण –पत्र बुझाउँदै कार्यालयमा देखिएको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल सुधारको माग गरेको हो।
नगर समिति अध्यक्षको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नापी कार्यालय प्रमुख प्रशान्त घिमिरेलाई ध्यानाकर्षण –पत्र बुझाउँदै हाल कार्यालयमा देखिएको ढिलासुस्ती, लगायतका विषयमा चासो व्यक्त गरेको हो।
पार्टीले विशेषगरी सर्वसाधारणले भोग्दै आएको सास्ती, लामो समय लाग्ने प्रक्रिया, अनावश्यक सिफारिस माग्ने प्रवृत्ति, दलालको हावी, भ्रष्टाचारजन्य क्रियाकलाप र डिजिटल प्रविधिको न्यून उपयोग जस्ता समस्याहरू समाधान गर्न आग्रह गरेको छ।
ध्यानाकर्षण– पत्रमा आम नागरिकलाई सहज, छिटोछरितो र पारदर्शी सेवा प्रवाह गर्न कार्यालयलाई सचेत रहन अनुरोध गरिएको छ। साथै, भ्रष्टाचार र दलालविरुद्ध सशक्त अनुगमन तथा नियन्त्रण व्यवस्था मिलाउन समेत माग गरिएको छ।













Leave a Reply