Advertisement

सिस्ने गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । आज गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले गाउँपालिकाको १७ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

गाउँसभामा पालिकाले हालसम्म हासिल गरेका उपलब्धीहरु जानकारी गराउदै नीति तथा कार्यक्रम पेश गरिएको हो । गाउँसभामा निती तथा कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले सिस्नेका सबै नागरिकको समग्र हित र चाहना अनुरुप काम गर्दै जाने बताउनुभएको छ । उहाँले नागरिकको असिमित चाहना र आवश्यकतलाई सीमित स्रोत र साधनबाट एकैपटक पूरा गर्न सम्भव नभए पनि योजनाबद्ध तरिकाले सम्बोधन गर्दै जाने बताउनुभयो ।

उहाँले सिस्नेको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, विकास तथा पूर्वाधार विकासमा चरणबद्ध रुपमा काम गर्दै आएको र यसलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने उल्लेख गर्नुभयो ।

नीति कार्यक्रमको (पूर्ण पाठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *