राप्ती सोनारी गउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि १ अर्ब २० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिका कार्यालय अगैयामा मंगलबार १७ औँ अधिवेशनमा सभाका उपाध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले १ अर्ब २० करोड ६ सय २९ हजार बराबरको अनुमानित आयरव्यय विवरण सार्वजनिक गरेकी हुन् ।
उक्त सभामा गाउँपालिका अध्यक्ष एवम् सभाअध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग ब्यापार, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ ।
कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने, राप्ती सोनारीलाई पर्यटकीय हव बनाउन ऐतिहासिक भूवर भवानी मन्दिर, बैसा पिकनिक पार्कको आवश्यक पूर्वाधार निर्माण तथा राप्ती सोनारीको पर्यटकीय क्षेत्रको अवलोकन गर्न ‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिने, ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधी उपचार तथा स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने लगायत नीति लिइएको छ ।
यस्तै सामुदायिक विद्यालयमा छात्रामैत्री चेन्जिङ रुम सहितको सुविधा सम्पन्न शौचालयको व्यवस्था मिलाइने, सार्वजनिक स्थलमा स्तनपान कक्ष निर्माण भवन अनुमति तथा मापदण्ड कार्यान्वयनमा समावेश गर्ने, सञ्चार क्षेत्र प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिने, आमसञ्चार नीति बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिने लगायतका विषय समेटिएका छन् ।
गाउँ सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम र बजेटका विषयमा दफावार छलफलका लागि सभाअध्यक्ष पौडेलले यही असार १६ गते दिउँसो १ बजे पुनः बस्ने गरी गाउँसभा स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।













Leave a Reply