Advertisement

खजुरा सभागृहको आन्तरिक काम पूर्ण नभएकाले होटल पौवामा कार्यक्रम गरियो : प्रशासकीय अधिकृत राना 

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वस बहादुर रानाले सभागृह पूर्वाधारको काम सकिए पनि आन्तरिक काम बाँकी रहेको बताएका छन । उनले पूर्वाधारको काम सकिए पनि फर्निचर, इलेक्ट्रिकल लगायतका काम बजेट अभावले पुरा हुन बाँकी    रहेको बताए ।

खजुरा गाउँपालिकाको १७ औं गाउँसभा होटल पौवामा आयोजना गरिएको भन्दै सामाजिक सञ्जाल मार्फत आलोचना भएपछि रानाले यस्तो बताएका हुन । जनप्रतिनिधिहरू समेतले उक्त कुरामा आशका गर्दै टिप्पणी गरेपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले कुरा नबुझेरै टिप्पणी गरिएको प्रतिक्रिया दिएका हुन । उनले पालिकाका रहेको सभागृह पूर्वाधारको काम सकिए पनि आन्तरिक फर्निचर, इलेक्ट्रिकल लगायतका काम बजेट पूर्वाधार अभावले पूरा हुन नसकेको जानकारी दिँदै आगामी वर्ष आफ्नै सभागृहमा सभा गरिने बताए । खजुरा भित्रै रहेका होटल, रेष्टुरेन्टमा कार्यक्रम आयोजना गरिरहेको र बढ्दो गर्मी र व्यवस्थापनका दृष्टिले वैकल्पिक व्यवस्थापन गर्नुपरेको दाबी गर्दै प्रमुख प्रशासकीय अधिकृत रानाले भने, आर्थिक रूपमा पनि सहुलियत दरमा गाउँसभाको स्थान चयन गरिएको छ ।

दुई वर्षमा सम्पन्न गर्नेगरी २०७६ जेठ २१ गते अमर कन्स्ट्रक्सन प्रा.ली. कालिमाटी काठमाडौंसँग सम्झौता भएको थियो चार करोड ८५ लाख ६१ हजार ५६१ रुपियाँमा निर्माण सम्झौता भएको हो। सभाहल तीन हजार ९९९ वर्गमिटर क्षेत्रफलको छ। खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले खजुरामा रहेको गाउँ सभाहलमा डेकोरेसन लगायतका आवश्यक सामानहरू नभएकाले अन्यत्र सभा आयोजना गरिएको जानकारी दिए । सभाहल पूर्णरूपमा प्रयोगमा ल्याउनका लागि डेकोरेसनका सामानहरू आवश्यक हुन्छ। रानाले भने , फर्निचर, साउण्ड सिस्टम, बसाइ व्यवस्थापनका लागि सामानहरू हाल छैनन्, त्यसका लागि अबको आर्थिक वर्षमा व्यवस्थापन गर्ने भनेर योजना बनाएका छौं। सभाहलमा सामानहरू व्यवस्थापन भएपछि गाउँपालिका बाट हुने ठूला कार्यक्रमहरू त्यही गर्ने प्रमुख रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *