Advertisement

भूमे गाउँपालिकाको बजेट ५० करोडको

रुकुम पूर्वको भूमे गाउँपालिकाले ५० करोडको बजेट ल्याएको छ।भूमे गाउँपालिकाको १६ औ अधिवेशनको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सविना बुढा मगरले सोमबार गाउँ सभामा गरेको बजेट भाषणमा आर्थिक वर्ष २०८२र०८३ लागि ५० करोड ८४ लाख ६४ हजार ५ सय ७६ रुपैयाँ अर्थात ५८ दशमलव विनियोजन गरिएको छ ।

कुल विनियोजन बजेट मध्य चालु तर्फ ३३ करोड ७७ लाख ७ हजार ९ सय रुपैयाँ रहेको छ।पूँजीगततर्फ १५ करोड ७ लाख ५६ हजार ६ सय ७६ रपैयाँ विनियोजन गरिएको छ भने आन्तरिक राजश्वबाट ७० लाख रुपैयाँ र राजस्व बाँडफाँडबाट ११ करोड ७८ लाख ७३ हजार ५ सय ६७ रुपैया रहेको छ।

यस्तै वित्तीय समानीकरण अनुदानबाट १२ करोड १० लाख ८१ अर्थात २३ दशमलव ८१ प्रतिशत र सशत्र अनुदानबाट २१ करोड ९९ अर्थात ४३ दशमलव २४ प्रतिशत रहेको छ।यस्तै विषेश अनुदान तर्फ १ करोड ४५ अर्थात ३दशमलव ६३ प्रतिशत स्रोत ब्यहोर्ने भएको छ।सम्मपूरक अनुदान तर्फ भने १ करोड ६१ लाख बराबरको वार्षिक कार्यक्रम सहित गाउँ सभामा बजेट प्रस्ताव प्राप्त भएको उपाध्यक्ष बुढाले पेश गर्नु भएको छ।गत वर्षको अनुमानित मौज्दात ८० लाख र आन्तरिक आयबाट १३ करोड २८ लाख ७३ हजार ५ सय ७६ रुपैयाँ अर्थात् २६ दशमलव १३ प्रतिशत रहेको छ।

जसमा गाउँपालिका भित्र माध्यामिक शिक्षा हासिल गरेर बसेका युवा युवतीहरुलाई गाउँपालिकामा निशुल्क कम्प्युटर शिक्षा र लोक सेवा कक्षा सञ्चालन गर्ने, दिगो विकास योजनहरु संगै लक्षित वर्ग बाल सञ्जाल, महिला समुह, दलित समुदायले पुर्खौ देखि गर्दै आएको पेशालाई व्यवस्थित गर्न बजेट विनियोजन गरिएको छ । विदेश पलायनलाई रोक्न र गाउँमै रोजगारी सृजना गर्न, एक वडा एक सामाजिक परामर्श कर्ता,जेष्ठ नागरिक सँग उपाध्यक्ष, कोसेली कार्यक्रम, एक घर एक फलफूल जस्ता कार्यक्रमका लागि बजेट छुट्टयाइएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ को बजेटमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई लगायतका क्षेत्र, त्यस्तै कृषि, पर्यटन, कृषिको आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरणमा जोड दिएको छ।पर्यटन पूर्वाधारको विकास लगायत रोजगारी प्रवर्द्धनमा पनि बजेटको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *