Advertisement

जीवन ज्योति स्कुलमा धान दिवसमा धान रोपाइ 

२२ औ राष्ट्रिय  धान दिवसको अवसर पारेर कोहलपुर १० मा रहेको जीवन ज्योति स्कुलले धान रोपाइ तथा दही च्यूरा खाने कार्यक्रम गरेको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले धान दिवसको अवसरमा रोपाइ तथा दही च्यूरा खाने कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले जानकारी दिए । कृषि प्रधान देशका विद्यार्थीहरू लाई धान खेती बारे व्यवहारिक ज्ञान तथा र संस्कृतिका रुपमा रहेको दही च्यूरा खाने कार्यक्रम बारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

पाठ्यक्रम र किताबी ज्ञान भन्दा बाहिर विषयहरू बारे विद्यार्थीहरू लाई जानकारी होस भनेर यस्तो कार्यक्रम गरिएको उनले बताए । उक्त कार्यक्रममा कक्षा १२ मा अध्ययनरत १५०  विद्यार्थी तथा शिक्षकहरू सहभागी भएका थिए । स्थापना भएको १२ वर्षको अवधीमा उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले विद्यार्थी लाई अतिरिक्त ज्ञान होस भन्ने उद्देश्यले यस्ता कार्यक्रम गरिएको शिक्षक चेत चापागाँईले जानकारी दिए । कोहलपुर १० मा रहेको जीवन ज्योति विद्यालयले कोहलपुर नगरपालिका स्तरीय बि एल ई परीक्षामा लगायत उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ भने ।

पछिल्लो २ वर्ष देखी एस ई ई परीक्षामा सहभागी भएका त्यस विद्यालयका विद्यार्थीहरूले सय प्रतिशत नतिजा ल्याएका छन । २०८१ सालका एस ई ई मा ३८ जना सहभागी रहेकोमा ३७ जनाले ए प्लस र १ जनाले ए ग्रेड ल्याएका छन । विद्यालयले अघिल्लो वर्ष देखि विज्ञान र व्यवस्थापन सङ्कायमा प्सल टु समेत सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *