Advertisement

अतिरिक्त क्रियाकलापमा पनि अब्बल जीवन ज्योति

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको तेह्र बिगाहा मैदानमा आइतबार सम्पन्न अण्डर १४ फुटबल प्रतियोगितामा जीवन ज्योति स्कुल कोहलपुरले प्रथम स्थान हासिल गरेको छ । प्रथम स्थानका लागि भएको फाइनल खेलमा ज्ञानज्योति मा.बी. चप्पर गौडी लाई १ का विरुद्ध २ गोल गर्दै जीवन ज्योति स्कुलले प्रथम स्थान हासिल गरेको हो ।

कोहलपुरको शैक्षिक क्षेत्रमा अब्बल रहेको जीवन ज्योतिले अतिरिक्त क्रियाकलापमामा समेत उत्कृष्ट प्रदर्शन गरेर प्रथम स्थान हासिल गर्यो । प्रतियोगितामा जन ज्ञान ज्योति माविले दोस्रो स्थान हासिल गर्यो । त्यसै गरी तेस्रो स्थानका लागी भएको प्रतियोगितामा गोरखा युनाइटेड स्कुल बिजयी भएको छ । तेस्रो स्थानका लागी भएको प्रतियोगितामा ग्रीन पिस मा .बि . लाई १ का विरुद्ध २ गोल गर्दै गोरखा युनाइटेड स्कुल बिजयी भएको थियो ।

क्षेत्र नं. १ ख अन्तर्गत क्षेत्रिय विकास कोष अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जको आर्थिक सहयोगमा १० दिने फुटबल प्रशिक्षण पछि अण्डर १४ फुटबल प्रतियोगितामा आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वितीय लाई ३० हजार र तृतीयलाई १५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र , ३ विधामा उत्कृष्ट खेलाडीहरूलाई जनही ५ हजार प्राप्त गरेको सि . टि. युथ क्लबका अध्यक्ष शाहीको जानकारी दिए । प्रतियोगिताको समापनमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा बहादुर थारू सन्तोषले ग्रास रुट देखि खेल क्षेत्रको विकास गर्न यस्ता प्रतियोगिता आयोजना  गरिएको जानकारी दिए । उनले यस्तो प्रतियोगिता आगामी बष पनि निरन्तर रहने बताए । कार्यक्रममा एन्फाका बाँके अध्यक्ष तथा केन्द्रीय सदस्य भोजराज शाही , इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख लक्ष्मी खनाल , ट्राफिक प्रहरी प्रमुख पुष्कर पन्त , कोहलपुर वडा नं २ का अध्यक्ष हरि सिह कठायत लगायतले कार्यक्रमले खेल प्रतिभाको खोजी गर्ने भन्दै आगामी दिनमा पनि यस्ता गतिविधि लाई निरन्तरता दिनु पर्ने बताएका थिए । स्थापना भएको १२ वर्षको अवधीमा उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले विद्यार्थी लाई अतिरिक्त  क्रियाकलापमा जोड दिएको प्रिन्सिपल फादर जोमन जेम्सले जानकारी दिए । 

कोहलपुर १० मा रहेको जीवन ज्योति विद्यालयले कोहलपुर नगरपालिका स्तरीय बि.एल.ई र एस ई ई परीक्षामा लगायत उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ भने । पछिल्लो २ वर्ष देखी एस ई ई परीक्षामा सहभागी भएका त्यस विद्यालयका विद्यार्थीहरूले सय प्रतिशत नतिजा ल्याएका छन । २०८१ सालको एस ई ई मा ३८ जना सहभागी रहेकोमा ३७ जनाले ए प्लस र १ जनाले ए ग्रेड ल्याएका छन । विद्यालयले अघिल्लो वर्ष देखि विज्ञान र व्यवस्थापन सङ्कायमा प्लस टु समेत सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *