Advertisement

नयाँ पुस्तालाई क्रान्तिको इतिहास बुझाउनुपर्छ : नेता बराल

लुम्बिनी / नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नयाँ पुस्तालाई क्रान्तिको इतिहास बुझाउनुपर्ने बताएका छन । आइतबार शहीद रमेश यादवको २० औँ स्मृति सभा तथा राष्ट्रिय धान दिवस कार्यक्रम बोल्दै नेता बरालले शहिद र अग्रजको सम्मान नहुने देश कहिल्यै अघि नबढ्ने भएकाले युवा पुस्तालाई क्रान्तिको इतिहास बुझाउनुपर्ने बताए ।

दश बर्षे जनयुद्धको बलमा प्राप्त उपलब्धि सामान्य नभएको उल्लेख गर्दै उनले योद्धाहरुले गरेको त्याग तपस्या र बलिदानीको उच्च मुल्याङ्क गर्नु पर्नेमा जोड दिए ।

नेता बरालले राज्य सञ्चालकहरु शहिदले देखाएको मार्गमा हिड्न नसक्दा समाजमा असन्तुष्टिका स्वरहरु सुनिन थालेको बताए । “शहीद रमेश यादवले देखेको सपना समाजमा न्याय, समानता र समावेशीताको स्थापनासँग जोडिएको थियो, त्यो सपना अझै पूर्ण रूपमा साकार हुन बाँकी छ ” उनले भने ।

नेकपा माओवादी केन्द्र रुपन्देही इन्जार्च तथा शहिद रमेश यादवको धर्मपत्नी सोनिया यादवले आफुले श्रीमानले देखाएको पदचाप पछ्याइरहेको बताइन् । आफ्ना पतिले क्रान्तिलाई धोका दिन नमान्दा ज्यान गुमाउनु परेको उनले स्मरण गरिन् ।

“उहाँले आफ्ना साथीहरुको बारेमा सेनालाई बताइदिएको भए बाच्नु हुन्थ्यो तर उहाँ क्रान्तिलाई धोका दिनुभन्दा सेनाको गोली खान तयार हुनुभयो” उनले भनिन् ।

माओवादी केन्द्र रुपन्देही संयोजक नारायण जिसि निर्मलले जयुद्धका क्रममा होनाहार नेताहरु गुमाउनु परेको बताए । शहिद भएका नेताहरुको अभाव अहिले खट्कीरहने बताउँदै उनले शहिदको सपना पुरा गर्न सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

उनले पार्टी सधैँ शहिद परिवारको साथमा रहेको धारणा राखे ।

धान दिवसको अवसरमा माओवादी नेता कार्यकर्ताले शहिद परिवारको १० कठ्ठा खेतमा धान रोपर श्रमदान गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *