बर्दिया — डेबिट निर्माण कम्पनीका प्रबन्धक तथा बालुवा प्रशोधन केन्द्रका संचालक दामोदर अधिकारीले बर्दियास्थित जनता आधारभूत विद्यालय बारबर्दिया १ जोधिपुरमा अध्ययनरत विपन्न तथा जेहेन्दार १५ जना विद्यार्थीलाई झोलासहित स्टेशनरी सामग्री सहयोग गर्नुभएको छ।
उहाँले विद्यालयमै पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो। अधिकारीले निर्माण कम्पनीबाट हुने आम्दानीको केही प्रतिशत सामाजिक उत्तरदायित्वस्वरूप विपन्न तथा गरिब समुदायका लागि छुट्याउँदै आएको बताउनुभयो।
“मेरो सानो सहयोगले विद्यार्थीहरू शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्य गर्दै आएको छु,” उहाँले भन्नुभयो, “विद्यार्थीहरू राम्रोसँग शिक्षित भए समाज र राष्ट्रकै विकासमा टेवा पुग्छ। यसरी सहयोग गर्न पाउँदा गर्व महसुस भएको छ।”
कार्यक्रम विद्यालयका प्रधानाध्यापक निरञ्जन रावल र विद्यालय व्यवस्थापन समितिको समन्वयमा सम्पन्न भएको हो। विद्यालय परिवारले अधिकारीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन्।













Leave a Reply