Advertisement

कोहलपुर माओवादीले भन्यो : अव्यवस्थित बसोवासीले पाउने पुर्जा तत्काल सबै प्रयोजनमा ल्याउन पाउनु पर्छ 

नेकपा  माओवादी केन्द्र कोहलपुरले अव्यवस्थित बसोवासीले प्राप्त गरेका जग्गा धनी प्रमाणपुर्जा तत्काल बेचबिखन देखी सबै काम गर्न पाउनु पर्ने माग गरेको छ । भूमि आयोग बाँकेका अध्यक्ष धननाथ खनाल लाई आइतबार एक ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग गरेको हो । माओवादी केन्द्र कोहलपुरका अध्यक्ष बल बहादुर खड्काले १० वर्ष भन्दा बढि समय आफूले उपभोग गरेको जग्गा राज्य लाई चलन चल्तीको मूल्यको १० प्रतिशत कर तिरेर लिएको जग्गा धनी प्रमाण पुर्जा तत्काल बेच  विखन वा हक हस्तान्तरण गर्न पाउनु पर्ने माग गरेका हुन ।

उनले बितरण गरेका जग्गा धनी प्रमाण पुर्जा तत्काल स्रेस्ता कायम गर्न , व्यक्ति बाहेक अन्य निकायले भोग चलन गरेको जग्गाको प्रमाण पुर्जा समेत बितरण गर्न तथा अवस्था हेरेर अव्यवस्थित बसोवासीले तिर्नुपर्ने १० प्रतिशत राजस्व छुट गर्न माग गरे । भूमि आयोगले बितरण गरेको पुर्जामा १० वर्ष सम्म अपुताली र अंश बन्डा बाहेक बेच  विखन गर्न नपाइने उल्लेख गरिएको प्रति आफूहरूको ध्यानाकर्षण भएको उनको भनाई छ ।

ध्यानाकर्षण पत्र बुझ्दै भूमि आयोग बाँकेका अध्यक्ष धननाथ खनालले माओवादी केन्द्रले उठाएका मागहरूमा आफ्नो ध्यान आर्कषण भएको भन्दै यसको नीतिगत व्यवस्थाका लागी आफूले कुरा उठाउने बताए । केही दिन भित्रै आफूले आयोग र मन्त्रालयमा पुगेर यस बारे कुरा उठाउने जानकारी दिए । उक्त माग बारे आफूले तराईका २२ जिल्लाका अध्यक्षहरू सँग मिलेर सामूहिक तवरले उक्त विषय सम्बोधनका लागी जानकारी समेत दिए । जिल्लामा भूमि आयोगको कामका लागी सबै क्षेत्र बाट सकारात्मक सहयोग भई रहेको बताउँदै उनले जनताको सहजताका लागी उठाइएका माग मुद्दाहरू सम्बोधनका लागी आफूले पहल गर्ने जानकारी दिए । बाँके जिल्लामा बिभिन्न समस्याहरूको बिच ७ वटा पालिकाहरूमा  तिब्रगतिमा भूमि आयोगको काम अगाडि बढेको अध्यक्ष खनालले जानकारी दिए ।

डुडुवा गाउँपालिकामा भने आयोगको काम अगाडि बढ्न सकेको छैन । पालिकाले चासो नदिएकै कारण काम अगाडि नबढेको अध्यक्ष खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *